मगर समाजले गरे देउसी भैलो गीतको विमोचन

म्यूजिक खबर
प्रकाशित: ८ कार्तिक २०७६, शुक्रबार

ललितपुर । बाग्लुङ्ग मगर समाज काठमाडौँ उपत्यकाको आयोजनामा आजधोवीघाटमा तिहार विशेष देउसी भैलो गीतको विमोचन भएको छ ।
नजिकै आएको दिपावलीको अवसर पारेर मगर समाज विरकोटको व्यवस्थापनमा शुभकामना आदान प्रदान कार्यक्रमका साथै दुई वटा गीत विमोचन गरिएको थियो । मगर समाजले तिहारमा गाउँने बलिहाङ अर्थात बलिराजाको सम्बोधन गरेर गाउँने एक थरीको गीत र कालिनाग अर्थात भाईदिदीको महिमा झल्काउने गीतलोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण र सम्वद्र्धनमा लागि परेको सो समाजका समन्वयकर्ता एमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा आदिवासी जनजातीले गाउँने मगर समुदायमा प्रचलीत सोरठी गीतको पनि श्रब्य दृश्य देखाइएको थियो । “यो गीत विशेष गरी बाग्लुङ्गवीरकोटकामानिसले गाउँने गरेकाछौँ”, बुढाथोकीले भन्नुभयो ।

अन्तरराष्ट्रिय मगर सञ्जालका वर्तमान अध्यक्ष खर्क रानाले नेपाली चाडपर्वको विषयमाजान्ने र बुझ्ने इच्छा रहेको हुँदा तिहारको अवसर पारी मातृभूमि आएको जानकारी दिनुभयो ।
मगर समुदाय मानिसले तिहारमा बली राजालाई अतिनै मान्ने गरेको बताएका छन् ।

मगर समुदायमा रहेको मान्यता अनुसार तिहारको महत्व एक किवदन्तीमा आधारित रहेको छ । तिहारको टिका लगाउन एक जना भाईदिदीको घरमा जाँदा बाटोमा एउटा कालिनाग भेट्छन् । त्यो नागले ती भाईलाई कहाँ जान लागेको भनि सोधेपछि ती भाईले म दिदीको घरमा तिहारको टिका लगाउन जान लागेको भनेछन् । कालिनागले आजमलाई धेरै भोक लागेको छ । म तिमीलाई खान्छु । कहाँ दिदीको घरमा टिका लगाउन जान लागेको भनेको भनिछन् । ती भाईले हैन् म दिदीको घर टिका लगाउन जान लागेको ।


मलाई खाने कुरा नगर भनेपछि । कालिनागले मानीन्छीन् । उनले जिद्दी गरेर म तिमीलाईखान्छु भनेपछि । तिभाईले म दिदीको हातको टिका लगाएर आउँछु अनि मलाई खानु भनी बाचा बन्दन गरी दिदीको घर टिका लगाउन गएछन् । भाईले अध्यारो मुख लगाएर आए पछि दिदीले के भयो भनी सोघिछन् । भाईले बाटोमा भएको सबै कुरा बताएछन् । दिदीले पिर नगर । म तिम्रो चिन्ता दुर गरिदिन्छु भनी भाईटिकाको दिन दैलोको डिलमा पाँचओटा सेताधर्काको साथमा पाँचवटा तेलको धर्का समेत हालिछिन् । दिदीले भाईटिका गर्नुपूर्व नागको आँखा फुटाउने जुक्तीका साथ एउटा ओखर फुटाइ टिका लगाइदिइछन् । टिका सकेर भाई मनमाचिन्तालिदै गर फर्र्केछन् । बाटोमा फर्कदाँ फर्कदै उनले कालिनाग पाँच टुक्राभएर मरेको देखेछन् । दिदीले भनेको कुरा ठ्याक्कै मिल्नगयो भनि सबैलाई आफ्नो दिदीको शक्तिबारे कथा सुनाएछन् । यस बेलादेखि मगर समुदायका मानिसले तिहारको महत्वलाई यसरी लिने गरेको वृद्ध बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममामगर समुदायमा प्रचलिनहाई मुरलीहाँ, फाइलो देउसुरे नामक दुई वटा गीत गाइएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु