कालजयी गीतका गीतकार बिपिनले ल्याए ‘तिमीलाई चुम्न’

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०८०, बिहीबार

काठमाडौँ । सांगीतिक क्षेत्रमा गीति लेखनबाट नाम कमाएका गीतकारहरुको पंक्तिमा पर्छन बिपिन किरण । उनले रचना गरेका थुप्रै गीतहरु सार्वजनिक भएका छन् जसमध्ये केहि गीतहरु सुपरहिट र कालजयी पनि भए । न बिर्से तिमीलाई, बल गरेर त्यो मन यता, टुट्यो तारा आकाशमा जस्ता गीतलाई त साँच्चै सांगीतिक क्षेत्रले कहिल्यै विर्सने छैन । थुपै्र कालजयी गीतका उनै गीतकार बिपिन किरणले यतिबेला नयाँ सिर्जना लिएर दर्शक/श्रोता सामु आएका छन् ।

उनले ‘तिमीलाई चुम्न’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा पछिल्लो पुस्ताकी लोकप्रिय र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ भने लोकप्रिय सङ्गीतकार दिपक शर्माले सङगीत भरेका छन् ।
प्रेमिल शैलीको यस गीतलाई पुरुषोत्तम सुबेदीले सङ्गीत संयोजन गरेका छन्। पृथक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतका रेकर्डिष्ट अनिल अधिकारी हुन् । मिक्सिङ तथा मास्टरिङ बिषम आचार्यले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा किरण श्रेष्ठ र रेष्मा भण्डारीको अभिनय छ । बिनोद बमको कलर तथा सम्पादन रहेको यस भिडियोलाई शुभम भुजेलले कोरियोग्राफी तथा छायाङ्कन गरेका हुन् । बि.के.ले निर्देशन गरेको यस भिडियोलाई शुभमले नै सह निर्देशन समेत गरेका छन् । भिडियोलाई गीतकार बिपिनको अफिसियल युट्युब च्यानल ‘किरण क्रियशन’ मार्फत सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु