गालीको वर्षात् र माया

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७७, आईतवार

युवराज अधिकारी

हो,
रिसाए नि आफ्नोपनमा
साँच्चै धेरै माया
मनको मान्छे जहा भए नि
बस्छ सधैं छायाँ
कहिलेकाहिँ त
रिस र गालीको अभाव पनि
यस्तरी खड्किन्छ कि
फिक्का माया त
नून तेल बिनाको तरकारी हुन्छ
सायद सायद
मलाई मात्र हुन्छ कि
तिमीलाई पनि
त्यस्तै हुन्छ ?
सुटुक्क सोधुँ भन्छु
सुस्तरी त सोधुँ भन्छु कसैलाई
तर अहँ भित्र भित्रै डरलाग्छ
कतै भित्र भित्रै सम्हालिएको
अन्तर कुन्तरमा अँगालिएको
मायाको सागरमा
ज्वारभाटा चल्छन् कि ?
छालहरु छचल्किन्छन् कि ?
बरु कहिलेकाहिँ त
कसै कसैको
रिस र गालीको वर्षातमा
रुझेर पनि
आगो ताप्नुको मज्जा नै बेग्लै हुन्छ !
आगो ताप्नुको मज्जा नै बेग्लै हुन्छ !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु