गायक चिरञ्जिवी भण्डारीले कसे प्रमिलासँग लगनगाँठो

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७७, मंगलवार

काठमाडौं । मंसिर महिनालाई यसै पनि विवाहको मौसम मानिन्छ । यो वर्ष समाजमा नाम चलेका थुप्रै व्यक्तित्वहरुको विवाहको खबरले चर्चा पाइरहेको छ ।
यहि क्रममा गायक तथा संगीतकार चिरन्जीवी भण्डारी समेत विवाह बन्धनमा बाँधिएका छन् । उनले धादिङ स्थायी घर भएकी प्रमिला श्रेष्ठसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह कलंकी स्यूचाटार स्थित यज्ञश्वर मन्दिरमा आयोजना भएको थियो ।
२ वर्षको प्रेम सम्बन्धरहेका चिरन्जिवी र प्रमिलाले परम्पारगत शैलीमा हिन्दु संस्कार अनुसार विवाह गरेका हुन् ।
कोरोनाको कहरका कारणले उनको बिवाह समारोहमा दुबै तर्फको सिमित परिवारका सदस्य र सांगीतिक अभिभावक र सहकर्मीहरुको मात्र उपस्थिती रहेको थियो ।

नवविवाहित जोडीलाई आशीर्वाद दिन बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानको उपस्थिति रहेको थियो ।
यस्तै पछिल्लो समयका चर्चित र व्यस्त निर्देशक सुब्रत आचार्य, सञ्चारकर्मी सुमन बैरागी, सुर्य चन्द, सविता पोखरेल, संगीतकार भिम बिसी, पुष्कर सुनुवार, गायिका एन्जिला रेग्मी, मोडल दिपेन्द्र सोनाम, सन्दिप महत, गीतकार इन्दिरा बोगटी लगायतका सांगीतिक व्यक्तित्वहरुले शुभकामना र आर्शीवाद दिएका थिए ।


चिरञ्जिवी भण्डारी स्टेजमा धमाका पिट्ने गायकको सुचिमा पर्दछन । उनलाई स्टेज किंग र रक्स्टार को रुपमा समेत सम्बोधन गर्ने गरिन्छ । दर्शकले उनलाई नेपाली मिका सिंङ समेत भनेर उनको गायकीको तारिफ गर्ने गरेका छन् ।

पछिल्लो समयमा उनको गायकी रहेको ‘चोखो माया’ बोलको गीत निकै चर्चामा रहेको छ । यसअघि उनका ‘बिस्तारै बिस्तारै’ ‘तिमी मेरी हुनु’ ‘बदमास’, ‘तिमी छौ र त’, ‘तिम्रो मायाले’, ‘चट्टै मुटु काटेर’ दर्शकले निकै मन पराइएका गीत हुन् । हिन्दी गीतका कभर भर्सनका कारण पनि चर्चामा छन् ।

चिरन्जिवी मेलोडी नेपाल टिभीमा आवद्ध रहि सञ्चारकर्ममा समेत सक्रिय रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु