‘वेलकम टु हेम्जाकोट’: कमेडी शैलीमा समाजको वास्तविक चित्र

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं । समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को टे«ेलर सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक टे«ेलरले यो चलचित्र वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उताब–चडाब लगायतका विषयवस्तुमा आधारित रहेको महशुस गर्न सकिन्छ ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी जेठ–२६ मा देश व्यापीप्रदर्शन हुँदैछ ।नेपालबाहेक जापान, अस्टे«लिया, अमेरिका र युरोपका केहि शहरमापनिप्रदर्शन हुँदैछ ।
केहि दिन अघि मात्रै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेर नयाँ प्रदर्शन मितिघोषणा गरेको थियो । गएको तिहारमा सार्वजनिक हुने भनिएको यो चलचित्र प्राविधिक कारण पोस्टपोण्ड भएको थियो ।
सार्वजनिक टे«ेलरलाई शाहिलखानले निर्माण गरेकाहुन् ।

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस चलचित्रमा सरोज पौडेलको लेखन तथानिर्देशन छ भने बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो ।
यो चलचित्रकेहि समय अघि काठमाडौंमा सम्पन्नचौथो नेपाल सांस्कृतिकअन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपालीचलचित्रको अवार्ड जितेको थियो, त्यहाँउपस्थितअतिथीले उत्कृष्ट प्रतिक्रियादिएकाथिए।त्यस्तै, यसअघि सार्वजनिकचलचित्रका कन्टेन्ट आइटम डान्स‘मायाको रेडियो’,तिहारसम्बन्धितगीत‘सेलको बासनाचलेको’लगायले दर्शकको ध्यानतानेको थियो ।टे«ेलर पनिनिकै रमाइलो खालको छ ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुक्त कोरियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिताअधिकारी, राज सागर, राजनइशान,उदेश श्रेष्ठलगायतकाचर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । गीतकाम्युजिक डिरेक्टर राज सागर हुन् ।
चलचित्रलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् भने विदेश राइट्स भ्वाइस अफ नेपालका संचालक राज सागरले किनेका हुन् ।

टे«ेलर लिंक ः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु