युट्युबको ट्रेण्डिङमा ‘माया बिछट्टै’

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

काठमाडौं । गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत ‘माया बिछट्टै’ को भिडियो सार्वजनिक गरिएको छ । राईकै शब्द रहेको गीतमा प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ । गीतमा ऋषि खड्काको संगीत छ, भने विशाल निरौलाले एरेन्ज गरेका छन् ।

गीत यतिबेला युट्युबको संगीत तर्फको ट्रेण्डिङको ९ नं. सूचिमा पर्न सफल भएको छ । कमेन्टमा पनि गीतको अडियो भिडियो सम्पूर्ण पाटोको प्रंशसा गरिएको छ ।
गीतको भिडियोमा भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ ।

रंगमञ्चबाट उदायकी अभिनेत्री लक्ष्मी र टिकटकबाट आएका मोडल राईको माध्यमबाट निर्देशक बिक्रम चौहानले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी भिडियोमा प्रसस्त गर्न खोजेका छन् ।

भिडियो प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु