मोरङ । दिनबन्धु गोयल उद्योगपति एवं समाजसेवीकोे परिचयले प्रख्यात छन् । पुर्वमा उनले गरेका समाजसेवी कामहरु तारिफ योग्य छन् । उनले समुदाय तथा स्थानका लागि नितान्त आवश्यकताका लागि विशेष पहल र व्यक्तिगत लगानी समेत गर्दै आएका छन् । यसै क्रममा पछिल्लो समयमा उनले व्यक्तिगत लगानीमा मोरङको रमाईलो बजारमा पिउनेपानीको व्यवस्था सार्वजनिक धाराको ब्यवस्था मिलाई दिएका छन् ।एक महिना अघि उज्यालो बालसमुहको सम्मान कार्यक्रममा समाजसेवि गोयलले रमाईलो बासीकालागी स्वच्छ खानेपानीको प्रबन्ध मिलाउने बचन दिए बमोजिम स्थानीय बालबालीकाको सहयोगमा खानेपानीको सार्वजनीक धाराको प्रबन्ध मिलाईएको हो । एक समारोहका बिच उद्योगपती गोयलले सो सार्वजनीक धाराको उद्घाटन गरेका हुन् ।
स्थानिय बालक्लबको अगुवाईमा भएको कार्यक्रममा समाजसेवि गोयलले स्थानीय लक्ष्मी नारायणमन्दिरलाई नगद ३१ हजार सहयोग समेत गरेका थिए । रमाईलो क्षेत्रका अपाङगताभएका एक दर्जन बालबालीकालाई स्कुल ब्याग तथा न्यानो कपडा समेत वितरण गरेका थिए । सो अबसरमा स्थानिय बासीले उद्योगपती एव्म समाजसेवि गोयललाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । सो खानेपानि सेवाबाट एक हजार स्थानीय बासी लाभान्वित हुने छन् ।सो क्षेत्रको बिकासकालागी गोयलले गरेको सहयोगको योगदानको चर्चा समेत गरेका थिए । विद्या दुलालको सभापतीत्वमा सम्पन्न कार्यक्रममा स्थानियले सो क्षेत्रको विकासका लागी गायक सुमित खड्काले योगदान पु¥याएको कदर गर्दै उनलाई पनि सम्मान गरिएको थियो ।