कस्तो होला रायमाझी, खनाल र थापाको ‘हेर यी आँखामा’

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७५, शुक्रबार

८ असार, काठमाडौं । रेडियो नेपालका अंग्रेजी समाचारवाचक तथा लोकप्रिय गायक महेन्द्र रायमाझीको स्वरमा नयाँ गीत ‘हेर यी आँखामा’ बजारमा आएको छ । डीपी खनालको शब्द र शंकर थापा स्माइलको संगीतमा महेन्द्रले नयाँ गीत ‘हेर आँखामा’ लिएर दर्शक तथा स्रोतामाझ आएका हुन् । उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको हो । गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा तथा नयाँ कलाकार मिलन खड्काले उत्कृष्ट अभिनय गरेका छन् । भिडियोमा रीमा र मिलनको जोडी आकर्षक देखिएको छ ।

भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरे यो भिडियोका सम्पादक हुन । उक्त गीतको अडियो तथा भिडियोलाई डश म्युजिक प्रालिले प्रस्तुत गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु