गीतकार संघको सातौं साधारणसभा

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७४, सोमबार

१ माघ, काठमाडौं । गीतकार संघ नेपालले आफ्नो सातौं साधारणसभा सम्पन्न गरेको छ । गत शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रमको आयोजना गर्दै संघले सातौं साधरणसभा सम्पन्न गरेको हो । वरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सभामा वरिष्ठ गीतकार रत्नशमशेर थापाको विशिष्ट आतिथ्यता रहेको थियो ।

संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, गीतकार एसपी कोइराला, विश्व वल्लभ लगायतका स्रष्टाहरुको आतिथ्यतामा सम्पन्न उक्त साधारणसभामा विधान सम्बन्धी विभिन्न प्रस्तावहरुमाथि छलफल गरी पारित गरिएको थियो । संघका अध्यक्ष चुडामणि देवकोटाको सभापतित्वमा भएको उक्त साधारणसभामा कोषाध्यक्ष सुशीला पौडेलले कोषको प्रतिवेदन सार्वजनिक गरेकी थिइन् भने महासचिव शुभ मुकारुङले संघले गरेको विभिन्न गतिविधिका बारेमा तयार पारेको प्रतिवेदन पढेर सुनाएका थिए ।प्रस्तावित विधानमाथि संस्थापक अध्यक्ष डा.कृष्णहरि बरालले सुझाव दिँदै आफ्ना कुराहरु पेश गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु