ज्योतिको ‘पिरतीमा दम छ’

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७१, शुक्रबार

काठमाडौं, १ साउन । गायिका ज्योति मगर लोक गीति एल्बम ‘पिरतीमा दम छ’ लिएर श्रोता तथा दर्शकमाझ आएकी छन् । लोक गीति क्षेत्रकी यी चर्चित गायिकाको एल्बम ‘पिरतीमा दम छ’  राजधानीमा एक कार्यक्रमबीच कान्तिपुर साप्ताहिकका सम्पादक सुवास ढकालको प्रमुख आतिथ्यमा लोकापर्ण गरिएको छ ।
साप्ताहिकको प्रस्तुति डिभिडी एल्बम ‘पिरतीमा दम छ’ मा शीर्ष गीतका अलावा ‘जिम्मावाल बाउको छोरी’ बोलको गीत समावेश छ । एक वर्षअघि नै सार्वजनिक भएको ‘जिम्मेवाल बाउको छोरी’ गीतलाई गायिकाले बोनसका रुपमा प्रस्तुत गरेकी हुन् । ज्योति गायनमा अलावा मोडलिङमा पनि जमेकी छन् । ‘पिरतीको दम छ’ गीतको म्युजिक भिडियोमा ज्योतिकै मोडलिङ हेर्न सकिन्छ ।  एल्बममा ज्योतिलाई रामचन्द्र काफ्ले र रामजी खाँडले स्वरमा साथ दिएका छन् ।

jyoti magar

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु