डा. सोहन घिमिरेले युकेबाट सम्झिए ‘तिनजुरेको डाँडैमा गुराँस फुल्ने बन’

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७३, बिहीबार

चैत्र ३,काठमाडौँ ।  मानिस परदेशिएपछि घरगाउँको यादले सताउँछ । यस्तै भएको छ स–परिवार लण्डन बस्दै आएका डा. सोहन घिमिरलाई । हुर्केको बढेको मातृभुमी, तीन जुरेको डाँडा त्यहाँको बनपाखा लगायत मनोरम लालिगुराँसलाई समेत उनले धेरै सम्झना गर्दै ‘तिन जुरेको डाँडैमा गुराँस फुल्ने बन’ बोलको गीत सार्वजनिक गरेका छन् ।Sohan-Ghimire

डा. घिमिरेको शब्द तथा स्वरमा सजिएको उक्त मौलिक लोकलयको गीतमा गायक तथा संगीतकार हिमाल सागरको संगीत रहेको छ भने गीतको भिडियोमा चर्चित मोडल दिक्पाल र श्रेया कार्कीको अभिनय रहेको छ।

चर्चित कलाकार ज्योति काफ्ले (नक्क्कली बाबुराम) र दीपेश रेग्मीको निर्देशन रहेको म्युजिक भिडियोमा दिपक र श्रेया कार्कीको अभिनय रहेको छ । गाउँबाट टाढा रहेको अबस्थामा गाउँको र मेलापातको मायाप्रीति सम्झना गरिएको कथा रोचक ढंगले प्रस्तुत गरिएको छ । जिबनका हर अनुभुतीहरू यस गीत मा सजाईएकाछन, हरेक कान्ला, बुट्टा, पोथ्रा, र रूखहरू यसमा रोपिएका छन् ।

Sohan Ghimire

ति स्वच्छ पाखी, बस्ती, डॉडा, पाहाड, र बस्ती हरूले सजिएकोछ यो गीत । नेपाल र स्कटल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।
हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु