तिवारीको युनिक बजारमा

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०७४, बुधबार

जेष्ठ १०, काठमाडौं । विगत लामो समयदेखि गीत लेखनमा सक्रिय रहेका सानु तिवारीको ‘युनिक’ बजारमा आएको छ । एल्वममा एकधर्को सिन्दुर…, जवानीमा…, भोजपुर जिल्ला…, सिमसिमलगायत पाँच गीत समावेश गरिएको छ । सवै गीतमा डीजराज पौडेलको स्वर र सङ्गीत रहेको छ भने सङ्गीत संयोजन रामकार्कीको । कलेक्सन एल्वममा गीतहरु लेखेका सानुको ‘युनिक’ पहिलो एल्वम हो ।

news_geeta
एल्वममा रहेको गीतमध्ये ‘एकधर्काे सिन्दुर…’को भिडियो पनि सार्वजनिक भइसकेको छ । भिडियोमा ईश्वर, श्रृष्टि र नवीनले अभिनय गरेका छन् । किशोर अनुरागको निर्देशक रहेको भिडियोलाई शिव पंगेनीले खिचेका हुन् । प्रायः मधुर गीत लेखनमा आफूलाई सक्रिय बनाएका सानुले चलचित्रहरुमा पनि गीत लेखेका छन् । सार्वजनिक समारोहमा अतिथिहरुले उनलाई शुभकामना तथा बधाई दिएका थिए ।


वि.सं. २०६४मा ‘घात’ गीतिसङ्ग्रह बजारमा ल्याएका सानु भोजपुर तिवारी भञ्ज्याङका स्थायी बासिन्दा हुन् । विभिन्न समाजसेवामा पनि आफूलाई उपस्थिति गराउँदै आएका छन् उनले । सानुले व्यवसायमा ब्यस्त हुँदा हुँदै पनि गीती लेखनमा आफूलाई सक्रिय राख्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु