पत्रकार गौतमलाई संगीत कला पत्रकार संघ, रोयल्टी र संगीतकार संघको सहयोग

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७३, शुक्रबार

चैत ४, काठमाण्डौ । दुर्घटनामा परेर वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचारार्थ रहेका पत्रकार नेमिष गौतमलाई संगीत कला पत्रकार संघ र संगीत रोयल्टी संकलन समाजबाट आज सहयोग हस्तान्तरण गरिएको छ । संघका तर्फबाट अध्यक्ष सुमन पण्डित, उपाध्यक्ष लोकराज अधिकारी, महासचिव डीबी खड्का, कोषाध्यक्ष एमपी सुब्बा हस्पिटलमा पुगेर विरामीको अवस्थाबारे जानकारी लिँदै सहयोग स्वरुप १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । पत्रकारहरुलाई आपत विपद पर्दा सहयोग पु¥याउने हेतुले स्थापना भएको संघको पत्रकार कल्याणकारी कोषबाट दश हजार रुपैयाँ सहयोग गरिएको हो । केही समयअघि मात्र स्थापना भएको यस संघले गीतसंगीत, चलचित्र, नाट्य, फेशन, ललितकला लगायतका कलासँग आबद्ध पत्रकारहरु सदस्यका रुपमा रहेका छन् ।

suman
त्यस्तै संगीत रोयल्टी संकलन समाजको तर्फबाट अध्यक्ष सुरेश अधिकारी, महासचिव महेश खड्का, कोषाध्यक्ष लोकराज अधिकारी, सदस्य श्रीकृष्ण बममल्ल र संगीतकार राजकुमार बगरको उपस्थितिमा ११ हजार रकम पत्रकार गौतमलाई हस्तान्तरण गरिएको थियो । समाजले कार्यकारी सदस्यहरुको एक मिटिङ भत्ताबाट कटौती गरेर पत्रकार गौतमलाई सहयोग हस्तान्तरण गरेको हो ।

suresh adhikari (1)
त्यसैगरी हिजो संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, कोषाध्यक्ष हरि लम्साल र प्रेस सल्लाहकार लोकराज अधिकारीले पत्रकार गौतमलाई भटेर उनको उपचार सहयोगका लागि संगीतकर्मी कल्याणकारी कोष बाट २२ हजार ३५६ रुपैया सहयोग गरेको थियो । टाउकोको गम्भीर चोटको शल्यक्रिया पछि बीर अस्पतालको ट्रमा सेन्टरमा थप उपचार गराइरहेका गौतमको उपचारमा सहयोग पुगोस भनेर कोषबाट उक्त रकम हस्तान्तरण गरिएको हो । गौतमको स्वास्थ्य अबस्थाबारे जानकारी लिन र सहयोग रकम हस्तान्तरण गर्न टोली ट्रमा सेन्टर पुगेको थियो । गौतमले स्वास्थ्यमा सुधार आएकाले दुई तिन दिनमा डिस्चार्ज हुन सक्ने आशा ब्यक्त गरेका छन् । सहयोग रकम हस्तान्तरण पछि संगीतकार संघका अध्यक्ष शेषले कोषको स्थापना भरखरै मात्र भएको र प्रारम्भिक चरणमा रहेकोले चाहेर पनि धेरै सहयोग गर्न नसकिएको बताए ।

suresh adhikari (2)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु