फरक धारको गीतमा चक्रपाणी

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७१, शुक्रबार

चितवन, २ साउन । सानैदेखिको गीत गाउन र संगीतको धुन निकाल्न सौखिन रहेका चितवनका चक्रपाणि तिमल्सिना आफु भित्र रहेको कलालाई प्रस्फुटन गर्ने चाहना स्वरुप सोलो एल्वम लिएर आएका छन् । उनको सांंगितीक यात्रा २०५४÷५५ साल देखि शुरु गरेको भएपनि गीतिसंग्रहको रुपमा बाहिर आएको यो एल्वम भएको उनी बताउँछन् । चक्रपाणि तिमल्सिना हाल निजी क्षेत्रका संघ संस्थाहरुको क्षमता विकासमा सहयोग पु¥याउने योजना तर्जुमा र सल्लाह परामर्श सेवामा आफु ब्यस्त रहेको बताउँछन् । विगतमा उनी बीरगंज उद्योग बाणिज्य संघमा ५ बर्ष कार्यक्रम अधिकृत, चितवन उद्योग वाणिज्य संघमा २ बर्ष कार्यक्रम संयोजकको र ७ बर्ष शिक्षण पेशामा संलग्न रहेका थिए ।
आफ्नो अभिरुची तर जागिरे जीवन भन्दा फरक क्षेत्र गीत संगीतका माध्याबाट आफुलाई परिचित गरान खोज्दैछन् । उनी भन्दछन् , अफिस टाईम भन्दा बाहिर फुर्सदको समयमा र थकानलाई मेटाउन संगितको साहर लिने गरेको छु । जति बेला मैले कुनै शब्द पाउछु यछि त्यस्ले मेरो मन छोयो भने धुन निकालिहाल्छु । उनको एकल गीति एल्बमको नाम “सम्बन्धको पर्खाल” रहेको छ । औपचारीक रुपमा भने बिमोचन गर्न बाँकी रहेको उनी बताउछन् । यसमा ९ बटा गित र एउटा मिउजिक ट्रयाक रहेको छ । जसमा फरक धारका गितको रुपमा “म उद्यमी गरि खान जान्दछु , म उद्यमी गरीखान सिकाउछु” र “जनजनमा जागरण ल्याउ हामी सबैले” रहने छ । यी गितले देश विकासमा उद्यमीको योगदान र देश विकासका लागि स्वदेशमा नै केही गर्न प्रेरण दिने सन्देश बोकेका उनी बताउछन् । यो एल्बमलाई एउटा मेडिया कम्पनीले बजारमा ल्याउन लागेको हो ।
DSC_2934एल्बममा गणेश प्रसाद लाठ, महेश बाबु तिमल्सिना ,बबिता खनाल र रमेश घितालका शब्दहरु रहेका छन् भने संगीत निर्देशन र स्वर उनी आफ्नै रहेको छ । संगीत संयोजन कुमार थापा , मित्र अधिकारी र राकेश सोनी, राजु खड्का, डिका गुरुङ्ग र  पवन वाङ लामाको रहेको छ । पप, लोक पप, आधुनिक र जागरण ल्याउने खालका गितहरु समेटिएको उनी बताउछन् । आफ्नो एल्बमका सबै गितहरु उतीकै भरोसार रहेको उनी बताउछन् । उनी भन्दछन् आफुले नै संगीत निर्देशन गरेका हुनाले सबै नै मन पर्दछन् तर अन्तिम निर्णय र प्रतिक्रिया त श्रोताहरु दिनु हुन्छ । ती गीतको संगितले पनि मेरो मनलाई छोएको छ उनी बताउँदछन् । मेरो पहिलो एल्बमको मुख्य बिशेषता भनेको नै उद्यमी गीत हो ।

DSC_2695

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु