फूलजस्तै दीपेन्द्र र झरनाको जोडी

म्यूजिक खबर
प्रकाशित: ३२ असार २०७१, बुधबार

काठमाडौं, ३२ असार । संचारकर्मी दिपेन्द्र घिमिरे र नायिका झरना थापाको रोमान्सपूर्ण म्यूजिक भिडियो फूलजस्तै जून यतिबेला डिजिटल प्रविधिमा अग्रस्थान लिँदै गरेको छ । पछिल्लो समय संचारकर्ममा लागेकाहरु मोडल र निर्देशक बन्ने क्रममा दिपेन्द्र घिमिरेपनि अग्रस्थानमा देखिएका छन् । अरनिको टेलिभिजनमा कार्यरत रहेका दिपेन्द्र यतिखेर निर्देशनमा व्यस्त छन् भने म्यूजिक भिडियोको अभिनयमा पनि उत्तिकै लागिपरेका छन् ।
गायक प्रमोद खरेलको स्वरमा रहेको म्यूजिक भिडियो फूलजस्तै जूनका निर्देशक भने विशेष पौडेल हुन् । भरत मल्लको शब्द र ठाकुर प्रताप दुलालको संगीतमा रहेको म्यूजिक भिडियो फूलजस्तै जूनका छायाँकार प्रद्युम्न पौडेल हुन् । किरण गिरीले सम्पादन गरेको यस भिडियोलाई सुत्र इन्टरटेनमेन्टले उत्पादन गरेको हो ।
[youtube]https://www.youtube.com/watch?v=HnGPGclgyAc[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु