बजारमा ‘चाहेरै मात्र’

म्यूजिक खबर
प्रकाशित: २० चैत्र २०७०, बिहीबार

काठमाडौं, २० चैत । एक वर्षअघि ‘माया पिरती’ नामक लोक आधुनिक एल्बम निकालेर गायनमा प्रवेश गरेका गायक चिरञ्जीवी भन्डारी हिजोआज कलेक्सनमा गाउन व्यस्त छन् । हालै सार्वजनिक भएको एल्बम ‘चाहेर मात्र’ मा भन्डारीले तीनवटा गीतमा स्वर दिएका छन् । आफूले गाएका तीनवटै गीत श्रोताले रुचाएको उनले बताए ।
‘चाहेर मात्रै’ गीतकार शंकर कँडेलेको सोलो एल्बम हो, जसमा चाहेर मात्र, स्वस्थ व्यस्त, शंका गर्ने बानी, मेरै भरपरजस्ता पाँचवटा गीत छन् । तीमध्ये दुई गीतमा स्वरुपराज आचार्य र दुर्गा खरेलले स्वर दिएका छन् । एल्बममा चारवटा गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् भने ‘स्वस्थ व्यस्त’ बोलको गीतलाई कुसुम भट्टराईले संगीत दिएका छन् ।

chahera matra1

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु