बाग्लुङमा मस्ती गर्दै साहिमा

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७०, आईतवार

काठमाडौं, २३ चैत । गायिका साहिमा श्रेष्ठ यतिखेर बाग्लुङमा मस्ती गर्दै छिन् । गायिका श्रेष्ठले पश्चिमाञ्चल औद्योगिक मेलाका अवसरमा मस्ती गर्ने मौका पाएकी हुन् । आउ गरौं मस्ती मस्ती भन्दै उनले बाग्लुङमा भइरहेको औद्योगिक मेलाका अवसरमा दर्शकहरुलाई आनन्द प्रदान गर्न सफल भएकी हुन् । गायिका श्रेष्ठले हेरेको हेरेकै म हुन्छु होला, आउ गरौं मस्ती लगायतका गति प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिएकी हुन् । केही समयअघि मात्र दिल्लीको प्रोग्राम सकेर नेपाल आएपछि निरन्तर देशभित्रकै मेला महोत्सवमा व्यस्त रहेकी गायिका साहिमाले बाग्लुङको कार्यक्रमलाई पनि सफलतापूर्वक सम्पन्न गरिसकेकी छन् ।

DSC_0220 DSC_0237 DSC_0239

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु