भिखारीको जय मायाप्रेम धनी सिर्जना

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७४, शनिबार

 


३ चैत, काठमाडौं । संगीतकार चेतन सापकोटाको सोलो संगीत, अर्जुन रत्न भिकारीको एकल शब्द र नारायण धितालको एकल स्वर रहेको एल्बम तयार भएको ‘जय माया प्रेम’ सार्वजनिक भएको छ । एल्बम अभिनेता नीर शाह र नारायण र चेतनका गुरु चन्दन श्रेष्ठको उपस्थितिमा एल्बम सार्वजनिक भएको हो ।

एल्बममा ‘दाउरा उपहार’, ‘जरुवाको पानी सार्है मिठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसो चिसो मन्द मन्दा बतास’ बोलको गीत समावेश गरिएको छ । कार्यक्रममा सबै गीतको भिडियो देखाइएको थियो ।भिडियोमा निकेश खड्का, तेन्जु योन्जन र युबराज वाइवाको निर्देशन रहेको छ । भिडियोमा प्रियंका कार्की, बेनिशा हमाल, सुष्मा अधिकारी, सोनु घर्तिसँगै अर्जुन, नारायण र चेतनले समेत अभिनय गरेका छन् ।

भिडियोमा सुदिप बराल र उत्तम हुमागाईको छायांकन छ । टीमले पहिलो कोसेली स्वरूप दाउरा उपहार बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । गीतमा गीतकार अर्जुन रत्न र प्रियंका कार्कीको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु