भूमिकाको हाँसोमा उत्तम दङ्ग

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०७०, सोमबार

भैंसेपाटीको धानबारीमा उत्तमले भूमिकाको हात समाएपछि भूमिकाको हाँसो देखेर सबै दङ्ग परे । केही समय प्रवास बसेर नेपाल आएका उत्तमले भूमिकालाई लिएर धानबारी घुम्दै जाँदा के के भयो होला ? भयो पर पर भन्दै उत्तमले भूमिकालाई भने पनि उनीहरुले हात समाउने या सँगै बसेर गफ गर्ने काम भने गरिरहे । अब यसलाई कसरी पर पर भएको भन्ने होला । अझ अचम्मको कुरा त परदेशमा काम गरेको अभिनय पनि स्वदेशमै भयो । भूमिकाको हाँसोमा दंग परेका उत्तम स्वदेशमै परदेशी बनेपछि झन् कस्तो भयो होला ?
शिव विकको निर्देशनमा तयार हुँदै गरेको म्यूजिक भिडियो भयो पर परको सुटिङका क्रममा भूमिका र उत्तमको अभिनय रहेको छ । भैंसेपाटी वरिपरिको लोकेशनमा निर्माण गरिएको उक्त गीतमा स्वदेशदेखि परदेशसम्मका कथाहरुलाई समावेश गरिएको छ । गीतकार उत्तम भण्डारीले पछिल्लो समयमा आफूलाई संगीतको निरन्तरतामा नयाँ गीतिसंग्रह लिएर आउन लागेका छन् । लामो समयसम्म प्रवासमा रहेर संगालेका अनुभवलाई उनले गीतका शब्दमार्फत् गीतको परिभाषा दिएका छन् । प्रवासमा रहँदाको दुःख, पीडासँगै उनले बजारमा ल्याउन लागेको गीतिसंग्रहमा समावेश भएको गीत भयो पर परको अन्तिम तयारीमा पुगेका छन् । पविधन खालिङको संगीतमा पूर्ण राईले स्वर दिएको उक्त गीतलाई उत्तम भण्डारीले लेखेका हुन् ।
23

 

7

 

26

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु