मस्त की व्यस्त हुन् माधव खरेल ?

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७०, शनिबार

काठमाडौं, १९ माघ । आजभोलि निर्देशक माधव खरेल आफूलाई निकै व्यस्त भइरहेको बताउँछन् । तर उनको तस्वीर मात्रै हे¥यो भने उनी व्यस्त होइनकी मस्त जस्तो देखिन्छ । दुईवटा चलचित्र पनि निर्देशन गरे ढुंगे युग । अब आजभोलि म्यूजिक भिडियोतिर व्यस्त छु भन्ने गरेका निर्देशक खरेलका तस्विर हेर्दा लाग्छ व्यस्त हुन् की मस्त ? कहिले सकिन तिमीलाई भुल्न भन्ने गरेका हुन्छन् त कहिले चुलबुले कान्छीलाई देखेर… । अब कुरो आफैं बुझ्नुस् ।

प्रेम लामा र संगीता लामाद्धारा स्वर वद्ध गरिएको गीत सकिन सकिन तिमीलाई भुल्न…….. गीतको गत हप्ता छायाकंन समाप्त भएको छ । माधव खरेलद्धारा निर्देशित भिडियोमा अनु शाह, आकाश लामा, राज लामा, सुजन लगायतका कलाकारहरुको अभिनय रहेको उक्त गीतको कारियोग्राफी राहुल बराईलीले गरेका हुन् । डोलेन्द्र कटुवालको छायाकंन र अनिल श्रेष्ठको सम्पादन रहेको उक्त भिडियो छिट्टैनै टेलिभिजनहरुवाट प्रशारण हुने क्रममा रहेको छ ।
त्यसै गरी मनोज चौलागाईको संगीत, भानेन्द्र सम्वाहाम्फे लिम्बु जुझारुको शव्द अनि संजय बढालको स्वर रहेको गीत चुलबुले कान्छीलाई देखेर ….गीतको पनि गत हप्तानै छायाकंन सम्पन्न भएको छ माधव खरेलकै निर्देशनमा तैयार भएको उक्त म्यूजिक भिडियोको सम्पादन अनिल श्रेष्ठ र छायाकंन डोलेन्द्र कटुवालको रहेकोछ । डा. सि.के. सिंह, जानुका बाहोरा, सुनिता पौडेलको अभिनय रहेको उक्त म्यूजिक भिडियो आगामी हप्तावाट सार्वजानिक गरिने कुरा निर्देशक खरेलले बताएका छन् ।
Januka  Bohora & Dr. Ck Singh

Januka-Bohora-Dr.-Ck-Singh.jpg

Anu Shah & Aakash

Anu-Shah-Aakash.jpg

Chibule knaxi pic

Group Photo Music video Shooting

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु