माइतीघरको यादले सतायो गंगालाई

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७१, बिहीबार

काठमाडौं, २६ असार । गायिका गंगा घर्तीमगरलाई तिज नजिकिन थालेपछि माइतीघरको यादले पनि सताउन थालेको छ । विहे गरेर पराइघर जानुपर्ने चेलीको बाध्यतालाई गायिका गंगाले गीतमार्फत् आफ्नो वेदना पोख्न सफल भएकी छन् । माइतीघर भनेपछि चेलीको लागि सबैभन्दा ठूलो हो । वर्षदिनमा बल्ल बल्ल माइतीघर जानुपाउने अवसर चेलीलाई की तिजमा मिल्छ त की तिहारमा । गायिका गंगा घर्तीलाई पनि माइत जाने अवसर तिजमा मिलेको छ ।
पछिल्लो समयमा व्यस्त बनेका गीतकार गणेश चौलागाईंको शब्दमा रहेको यो माइतीघरको यादले सतायोमा गायक विमल डाँगीको लय रहेको छ । गंगा घर्तीमगरको एकल स्वर रहेको यो माइतीघरको यादले सतायोको म्यूजिक भिडियोसमेत तयार पारिएको छ । विन्दवासिनी म्यूजिकले बजार प्रबद्र्धन गरेको उक्त गीतको म्यूजिक भिडियोमा सगुन शाही, गंगा घर्तीमगर, रश्मी रोदन, टीका भुजेलले अभिनय गरेका छन् भने निर्देशन कपिल लामाको रहेको छ । कीर्तिपुरको रमणीय दृश्यमा खिचिएको म्यूजिक भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् ।
ganga ghartimagar (6)

ganga ghartimagar (5)

 

ganga ghartimagar (4)

 

ganga ghartimagar (3)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु