यो दशैंमा पनि म त घर आउने भैन

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७४, मंगलवार

३ असोज २०७४ काठमाडौं । हिन्दूहरुको महान चाड बडादशैं नजिकिँदै गर्दा प्रवासमा रहने मनहरुले भने घरबासको चिन्तामा विभिन्न चिन्ताहरु व्यक्त गर्दै आइरहेका छन् । प्रवास जानेहरुको पीडाभित्र घरका बाआमा, परिवार, गाउँघर छरछिमेकको यादले  पक्कै पनि दुःखको अनुभव हुन्छ ।


‘यो दशैंमा पनि म त घर आउने भैन, साथी संगी सायद मेरो कर्ममा नै छैन’ ज्योति प्रकाश वि.क.लाई सायद यो गीत रचना गर्दा हिजोका प्रवासका क्षण, तातो हावा मरुभूमिको गर्मी र साहुका वचनमा पिल्सिएका नेपालीहरुको पीडाको महसुस भयो होला । पेशाले ललितकलाका प्राध्यापक, राम्रो चित्रकार हुन् । तर गीतसंगीतमा पनि राम्रो प्रतिभा हुन् ज्योतिप्रकाश । नेपालीपनको नेपालीमनको सबैको मनमुटुमा बस्न सक्ने खालको गीतसंगीतको सिर्जना गर्ने क्षमता छ उनीभित्र । ज्योतिप्रकाशकै सिर्जनामा रहेको दशैं गीत यो दशैमा पनि यतिबेला सार्वजनिक भएको छ ।

ज्योतिप्रकाशको शब्द, संगीत र स्वरमा रहेको यो दशैंमा पनि बोलको गीतको म्यूजिक भिडियो यतिबेला विन्ध्यवासिनी म्यूजिकबाट बजारमा आएको छ । ज्योतिप्रकाशकै छायाँकनमा पत्रकार सुमन बैरागीको निर्देशन रहेको यो गीतको म्यूजिक भिडियोमा मोहन निरौला, विद्या कार्की, सनम कठायत र श्री राणाको अभिनय रहेको छ । वीरेन्द्र भाट ‘विपिन’ र दिलिप योञ्जनको सम्पादन रहेको यस म्यूजिक भिडियोले यतिबेला विदेशमा रहने नेपालीहरुको मन जित्न सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु