रञ्जित र कोपिलाको दरौंदीमा पुल

म्यूजिक खबर
प्रकाशित: ७ चैत्र २०७३, सोमबार

चैत ७, काठमाण्डौ । गायक रञ्जित परियार गायिका कोपिला गुरुङको स्वरमा रहेको लोकदोहोरी गीत दरौंदीमा पुल नयाँ भर्सनमा आएको छ । गायक रामचन्द्र अर्यालको शब्द लयमा केही वर्ष पहिला नै बजारमा आएको गीत दरौंदीमा पुल अहिले रञ्जित र कोपिलाले नयाँ रुपमा ल्याएका हुन् । हरिदेवी कोइराला, सरिता अधिकारी र रामचन्द्र अर्यालको स्वरमा पुरानो रेकर्ड भए पनि नयाँ रेकर्डमा रञ्जित र कोपिला देखिएका हुन् ।

पुरानो गीत फेवा म्यूजिकबाट बजारमा आएको थियो भने नयाँ भर्सन आशिष म्यूजिकले बजार व्यवस्थापन गरेको छ । यसको म्यूजिक भिडियोमा कोपिला गुरुङ र प्रकाश भट्टको मुख्य अभिनय रहेको छ । प्रकाश भट्टकै निर्देशन रहेको यस गीतको म्यूजिक भिडियोलाई करन चैंसिरले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु