विष्णु माझी र मोहन खड्काको “यसै हारी गए ” सार्वजनिक ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७४, मंगलवार
आर पोखरेल, चैत ५ काठमान्डौँ ।
मेशना डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गायिका विष्णु माझी र गायक मोहन खड्काको आवाजमा यसै हारी गए सोमबारबाट युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।
गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा समावेश गरेर सम्वोधन गरेको छ । युवा युवती विचको मायाको वार्तालापलाई निकै मार्मिक रुपमा राकेश नेपालीले शव्द सिर्जना मार्फत गरेको छ ।
माया गरेको आफनो मायालुले बाध्यताले पराइको बन्दा बन्दा प्रेमीकाले आफनो प्रेमीलाई सुखी खुशी हुन र आफनो अभावमा नतड्पन आग्रह गरेका छन । पिडालाई आफुलाई खनाएको मा भने उनले आक्रोस शब्दको माध्यमबाट गरेका छन ।
हार जितको जिवन नै सधर्ष र सफलता रहेको सन्देश गीत मार्फत दिइएको छ । ज्यादै मार्मिक गीतमा अमित बाबु रोकायले निकै मनछुने लय सिर्जना गरेका छन । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । विमल अधिकारी र सपना के.सीको अभिनय रहेको सो गीतमा कपिल लामाले निर्देशन गरेका छन ।
भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु