शेखर च्याङको आमा नेपाली

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७४, बिहीबार

जेष्ठ ११, काठमाडौं । चर्चित गायक शेखर च्याङ लामाको शब्द संगीत र स्वरमा रहेको गीत ‘आमा’ नेपाली साँगीतिक बजारमा सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिनमा औपचारिक सार्वजनिक भएको उक्त गीतले हाल नेपाली सांगीतिक क्षेत्रमा चर्चा बटुली रहेको छ ।

shekhar

संगीतकार राहुल प्रधानको निर्देशनमा उनको यस गीतको म्युजिक भिडियो तयार भएको छ । ज्ञानेन्द्र शर्मा र निश्चल भण्डारीको छायांकनमा बनेको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित कलाकारहरु ऋचा शर्मा, रोशन लामा, अनुभव रेग्मी लगाएतले अभिनय गरेका छन् ।

गायक लामाले आफ्नो स्वर्गीय आमाको सम्झनामा तयार पारेको उक्त गीतमा संगीतकार तथा निर्देशक प्रधानले निकै नै मार्मिक कथामा म्युजिक भिडियो निर्माण गरेका छन् । गायक लामाका यस अघि बिर्से होला जस्तो लाग्थ्यो, केहि नबोली, तिम्रै माया लाग्छ लगाएतका गीतहरु चर्चित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु