सञ्जु र बिमलको कहिले बस्ला घर ?

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७४, बिहीबार

जेष्ठ ११, काठमाडौं । गायिका सञ्जु न्यौपानेलाई यतिखेर घर बसाउने चिन्ता बढेको छ । आफ्ना साथीसंगी सबै माइती छोडेर गइसकेपछि आफू मात्रै विजोडी भएर बस्दाको पीडा व्यक्त गर्दैछिन् सन्जु । बरको खोजीमा रहेको एक्लो पिपलु आफू बनिरहेको गुनासो गर्दैछिन् । त्यस्तै गायक विमल परियारलाई पनि एउछै चिन्ता छ लगन नजुरेको । धेरैको लगन जुरेर घरबार बसिसक्दा पनि आफ्नो भने लगन नजुरेको हुँदा एक्लो बर बनेर बस्नुपरेको पीडा छ उनीभित्र ।


संस्कृति म्यूजिकको प्रस्तुतिमा बजारमा आएको पञ्चेबाजाको गीत हो कहिले बस्ला घर । सन्जु न्यौपाने र ईश्वर बर्देवाको संयुक्त प्रस्तुतिमा रहेको कहिले बस्ला घर घरजम नहुनेको लागि प्रतिनिधित्व गरेको गीत हो । रमेश बिजीको शब्दमा विमल परियारको भाका संकलन रहेको यस गीतमा सन्जु र विमलको स्वर रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा हरिश महराले छायाँकन गरेका छन् भने विष्णु शर्माको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु