सांस्कृतिक कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७०, मंगलवार

मकवानपुर, २६ चैत । मनहरीका युवाहरुले मनहरी बजारको राष्ट्रिय रोटरी स्कुलको प्रांगणमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरी म्यूजिकल प्रस्तुति प्रदान गरेको छ । कार्यक्रममा बृहद् सांगीतिक समारोह समेत सञ्चालन गरिएको थियो सांगीतिक माहौलमा राष्टिय लोक गायक बिरही कार्की, नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, सुन्दर लामा लगायतको लोक प्रस्तुति गरेका थिए । त्यसैगरी क्रेजी ५५, प्लन्क, गुरख र अन्तिम यात्रा ब्याण्डले राति अबेरसम्म सांगीतिक प्रस्तुति दिएको थियो ।
उक्त अवसरमा मनहरीका युवाहरुले २१ जना जेष्ठ नागरिकलाई नगदसहित सम्मान गरेका छन् । एम युनिट र मनहरी युवा समूहले विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँगको संयोजनमा एक भब्य सांगीतिक समारोहका बीच २१ जना बृद्धबृद्धालाई सम्मान गरेको हो ।
नगद २ हजार, कम्बल र दोसल्लासहित सम्मान गरिँदा बृद्धबृद्धाहरु खुसीले गद्गद् भएका थिए । अधिकाँश पारिवारिक हेरचाह पाउनबाट बञ्चित ९० बर्ष कटेका बृद्धबृद्धाहरुलाई सम्मान गर्दै समाजसेवी सिद्धिलाल श्रेष्ठले युवाको पहलमा पुण्य कमाउने काम भएको भन्दै प्रशंसा ब्यक्त गरे । उनले आगामी दिनमा पनि आफूले यस्ता सामाजिक काममा निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गोविन्द रिजाल, मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गौतम लामा, युवा समूहका तर्फबाट नवीन सुवेदी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
जिल्ला विकास समिति, मकवानपुर उद्योग वाणिज्य संघ, विभिनन सामुदायिक वन उपभोक्ता समूहहरु र व्यापारिक प्रतिष्ठानहरुको सहयोगमा चैते दशैंको अबसरमा कार्यक्रम आयोजना गरिएको हो । आगामी दिनमा पनि सामाजिक काममा सक्रिय रहने एम युनिटले जनाएको छ ।

 

manharib

 

manhari_oldm

 

manhari bazar

 

birahi karki

 

balnarsingh-suman bairagi

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु