८ वर्षिय गायक साजनले गाए सबैलाई रुवाउने गीत ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७५, सोमबार

ज्येष्ठ ७, काठमाडौं । माया प्रेमले मान्छेलाई कहिले हसाउँछ कहिले रुवाउँछ । मायाले जब रुवाउँछ तब मान्छेले त्यो मायाको माध्यम बन्ने बिपरित मान्छे नभेटिएको भए हुन्थ्यो भन्दै बिलौना गर्न थाल्छ । त्यस्तो बिलौना बयस्क वा उमेर पुगेको व्यक्ति भए त ठिकै हो तर यहाँ ८ वर्षीय एक बालकले त्यस्तो बिलौना गरेका छन् । यस्तो बिलौना गर्ने व्यक्ति हुन् बाल गायक सबि साजन राई र उनको यो बिलौना “नभेटिएको भए हुन्थ्यो” बोलको गीतमा सुनिएको हो ।

एक्सन ईन्टरटेन्टमेन्टको प्रस्तुति रहेको उक्त गीतको महिला स्वर यस अघि नै रचना सिंहले गाई सकेकी छिन् भने गीतको शब्द देव बिरहीले लेखेका छन् । सनम पुरुष राईले संगीत गरेको उक्त गीतको स्टुडियो भिडियामा समिर राईको छायाँकन, मनिष कार्कीको सम्पादन र प्रियजन राईको भिडियो कन्सेप्ट रहेको छ । गायक सवि साजन राईले यस अघि गाएको “खुसी हौली” बोलको गीतको भिडियो लाखौंले हेरि सकेका छन् ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु