भोली सम्पन्न हुँदै गायक अर्जुन सुनाम सुमधुर साँझ

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७५, शुक्रबार

काठमाडौं । सुर्खेतमा बुलबुले ताल चलचित्र बन्धकीको गीतबाट गीतसंगीत क्षेत्रमा चर्चा पाएका गायक अर्जुन सुनाम भोली मंसिर ८ गते राष्ट्रिय नाचघर जमलबाट एकल गायनका माध्यमले प्रस्तुत हुन गइरहेका छन् । तिम्रै झल्को आउँछ मेरी निरमाया, रामकसम, कहाँ पुग्यौ नेटो काटी जस्ता दर्जनौं गीतबाट आफूलाई चलचित्र पाश्र्व गायन, आधुनिक गायन र लोकगीतको क्षेत्रमा समेत स्थापित बनाउन सफल गायक सुनामले करिब १७ वटा गीत प्रस्तुत गर्ने भएका छन् । ११ जना बाद्यवादकसहित प्रस्तुत हुन लागेका गायक सुनामको समुधुर साँझलाई सत्यावती कलाकेन्द्रले आयोजना गरेको हो ।

 

राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा हुने उनको प्रस्तुतका लागि यतिखेर गायनको अभ्यास साउन्ड गार्डेन पुतलीसडकमा भइरहेको छ । गायनमा सुनामलाई एकल साँझमा अतिथि कलाकारहरु संगीता राना प्रधान, बीबी अनुरागी, रिमा गुरुङ होडा, शर्मिला गुरुङ, टिका पुन, जुनु रिजाल र चन्दा विश्वकर्मा रहने छन् भने प्रेम अर्याल, सुनितामी परियार, प्रनिल तामाङ र पुष्पा बोहराले अर्जुनलाई गायनमा साथ दिनेछन् ।

सांगीतिक करियरकै पहिलो एकल साँझमा गुञ्जिन लागेका अर्जुन कार्यक्रम प्रति उत्साहित छन् । ‘एउटा कलाकारका लागि एकल साँझ महत्वपूर्ण हुँदो रहेछ । एकल साँझका लागि उमेर पनि बुढो हुनुपर्ने सोचाईलाई चुनौति दिँदै बुढो हुनु भन्दा अघि नै एकल साँझ गर्न लागेको हुँ,’१५ वर्षदेखि दोहोरी साँझमा गीत गाइरहेका गायक सुनामले बिहीबार पत्रकारमाझ भने,– ‘सबै किसिमका गीत सिक्ने स्थान दोहोरी साँझ नै हो । एकल साँझमा चाहिँ म आधुनिक र लोक शैलीका गीत सुनाउनेछु ।’

यो पनि पढ्नु होला

मङ्सिर ८ मा सुमधुर साँझमा गुन्जिँदै अर्जुन सुनाम, उमेर छँदै एकल साँझको मज्जा लिनुपर्ने

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु