गोरेको आश गर्दै दिलिप र अनु

Posted On: Thursday, December 7th, 2017

२० मंसिर, काठमाडौं । केही वर्षदेखि पर्दामा नदेखिएका नायक रायमाझी चाँडै ‘गोरे’ बनेर फिल्ममा कमब्याक गर्दैछन् । फिल्म ‘गोरे’मा दीलिपले शिर्ष भुमिका निर्वाह गरेका छन् । गाउँले परिवेशदेखि शहरीया परिवेशसम्मको क्यारेक्टर अथवा सोझो गोरेदेखि स्मार्ट गोरेसम्मको अभिनय उनले फिल्म ‘गोरे’मा गरेका छन् । फिल्मको कथा नै दीलिप रायमाझीका लागि लेखिएको र यस्तो क्यारेक्टर उनी बाहेक अरुले गर्न नसक्ने निर्देशक रामेश कुमार राई बताउँछन् । मंसिर २९ गतेबाट प्रर्दशनमा आउन लागेको ‘गोरे’मा दिलिपसँगै अनु शाह, राकेश कुमार राई, गुनु घर्ती लगायतका…


नाजिर र शिल्पा अभिनित ‘कागजपत्र’को फस्ट लुक

Posted On: Wednesday, December 6th, 2017

२० मंसिर, काठमाडौं । छायांकनको क्रममा रहेको चलचित्र ‘कागजपत्र’को फस्ट लुक सार्बजनिक गरिएको छ । चलचित्रमा नाजिर हुसेन, सिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतको अभिनय रहेको छ । चलचित्र युनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्बजनिक गरेको हो । चलचित्रको हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ । सामजिक प्रेमकथामा बनिरहेको चलचित्रलाई अपिल विष्टले निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि अपिल विष्ट आफैले लेखेका हुन् । चलचित्रलाई अस्ट्रेलियन सिनेमेट्रोग्राफर क्यश्मिर डिक्सनले खिच्दैछन् ।   वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा।लिको…


वैवाहिक जीवनमा बाँधिए राजबल्लभ

Posted On: Tuesday, December 5th, 2017

१९ मंसिर, काठमाडौं । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोइरालाको बिवाह सम्पन्न भएको छ । नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेकी प्रेमिका प्रतिमा बिमलीसँग डिसेम्वर ३ तारिख आइतवारका दिन बिवाह भएको छ । प्रतिमा जीव चिकित्सा अभियन्ता (बायो मेडिकल इन्जिनियर) हुन् । बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त, नातेदारसँग शुभचिन्तक, साहित्यकार, समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।   चलचित्र ‘हाइवे टु धुम्पुस्’को सुटिङको शिलसिलामा अमेरिका पुगेका राजबल्लभ…


अभिनेता शशि कपुरको निधन

Posted On: Monday, December 4th, 2017

१८ मंसिर, काठमाडौं । भारतीय चर्चित अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा आज सांझ निधन भएको छ । मृगौलाको रोगबाट पीडित भएका कपुरको मुम्बईको कोकिलाबेन स्थित धिरुभाई अम्बानी अस्पतालमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । ५० को दशकबाट फिल्म खेल्न सुरु गर्नुभएका कपुरलाई ७० र ८० को दशकमा बलिउड स्क्रिनमा रोमान्सका लागि चर्चित मानिन्थे । कपुरले १ सय भन्दा बढी हिन्दी र केही अंग्रेजी फिल्म खेलेका छन् भने जब जब फूल खिले, वक्त, दिवार, त्रिशुल, हसिना मान जाएगी लगायतका…


यसकारण नेपाल आउँदैछन् बलिउड स्टार अर्जुन कपुर र परिणीती चोपडा….

Posted On: Sunday, December 3rd, 2017

मंसिर १७, कैलाली । बलिउड स्टार अर्जुन कपुर र परिणीती चोपडा नेपाल आउने भएका छन् । दिवाकर बनर्जीद्वारा निर्देशित ‘सन्दीप और पिंकी फरार’ चलचित्रको छायांकनका लागि बलिउडका दुई स्टार बैतडीको झुलाघाट आउने भएको जनाइएको छ । बलिउडका चर्चित नायक अर्जुन कपुर र नायिका परिणिती चोपडा बैतडी आउने खबरले त्यहाँको माहोल तातिएको छ । चलचित्रको निर्माण समूहले जिल्ला प्रशासन कार्यालय बैतडीलाई झुलाघाट आउनका लागि अनुमति मागेको बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिएपछि यो खबर बाहिर आएको हो । निर्माण…


नम्रताको हट अवतारमा सबैको ध्यान

Posted On: Saturday, December 2nd, 2017

१६ मंसिर, युएई । दोस्रो म्यूजिक भिडियो अवार्डका लागि यूएई पुगेकी नम्रता सापकोटाको हट अवतारले सबैको ध्यान केन्द्रित गर्न सफल भयो । शुक्रबार साँझ युएईको आबुधाबीमा आयोजित दोश्रो नेपाली म्युजिक भिडियो अवार्डको अवसरमा अभिनेत्री नम्रता सापकोटाको पहिरनले सबैको ध्यान तानेको थियो । जताततै खासखुस नम्रताको मात्रै चल्न पुगेको थियो । तर वास्तविकतामा उनको अभिनयको चर्चा नभइकन उनले लगाएको बक्षस्थल देखिने पहिरनको थियो । रातो गाँउनबाट बक्षस्थल नियाल्ने खालको नम्रताको पहिरनले सबैको ध्यान खिच्यो । अवार्ड समारोहमा रहेका क्यामराका फोकसहरू पनि…


बटरफ्लाईको ट्रेलरः प्रियंका र आर्यनको चर्चा

Posted On: Saturday, December 2nd, 2017

१६ मंसिर, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी अभिनित चलचित्र ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि चलचित्रको गीत सार्वजनिक भईसकेको छ, जसले निकै राम्रो प्रतिक्रिया पाएको छ । आर्यन र प्रियंकाको लभ केमेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन् । झनै ट्रेलरमा त दुबैको एङ्ग्री रुप पनि देख्न पाईन्छ । ‘बटरफ्लाई’का सार्वजनिक प्रचार सामाग्री हेर्दा सिनेमाले निकै राम्रो हाईप लिन्छ भन्ने आकलन गर्न सकिन्छ । ओम प्रतिकले निर्देशन गरेको यस सिनेमा पौष २८ गतेबाट सार्वजनिक प्रर्दशनमा आउनेछ ।…


आजदेखि सिनेमा हलमा चलचित्र फिक्का

Posted On: Friday, December 1st, 2017

१५ मंसिर, काठमाडौं– युवा निर्देशक जनक खड्काद्वारा निर्देशित चलचित्र ‘फिक्का’ को सार्वजनिक प्रदर्शन आज शुक्रवारदेखि प्रारम्भ भएको छ । देशभरीका करिव ५० वटा सिनेमा हलबाट उक्त चलचित्रको प्रदर्शन प्रारम्भ भएको निर्देशक खड्काले जनाएका छन् । चलचित्रमा अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री आदि कलाकारले अभिनय गरेका छन् । चेतन सापकोटा तथा नारायण राईद्वारा संगीतबद्ध यो चलचित्र ग्रामीण क्षेत्रमा व्याप्त गरिबीको विषयवस्तुमा आधारित छ । पारिवारिक प्रेमकथालाई मूल विषय बनाइएको चलचित्र फिक्काको निर्माण नेपाल चलचित्र…


‘फिर्के’को ट्रेलर सार्वजनिक, पौष २१ मा रिलीज हुने (भिडियो)

Posted On: Wednesday, November 29th, 2017

मंसिर १३, काठमाडौं । ‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।   कमेडी जनरामा बनेको चलचित्रको ट्रेलर पनि कमेडी नै छ । गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा 'फिर्के' बनेको छ । पौष २१ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो…


पत्रकारत्रय-तुलसी, गिता र आरके सम्मानित हुने !

Posted On: Tuesday, November 28th, 2017

मंसिर १२, काठमाडौं । पत्रकारिता माध्यमबाट नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएका ३ रंग पत्रकारहरुलाई नेपाली चलचित्र कलाकार संघले सम्मान गर्ने भएको छ । नेपाल चलचित्र कलाकार संघको कार्य समितिको बैठकले यो बर्षको ‘चलचित्र कलाकार संघ पत्रकारिता पुरस्कार २०७४’ बाट पत्रकारहरु तुलसी गिरी ‘भावुक’, गिता अधिकारी र आरके सुवेदीलाई दिने निर्णय गरेको हो । तुलसी गिरी म्यूजिक डायरी मासिका प्रधान सम्पादक हुन् भने गिता अधिकारी मिलाप मासिककी कार्यकारी सम्पादक हुन् । त्यस्तै आरके सुवेदी बक्स–अफिस पत्रिकाका प्रधान सम्पादक…