लामो समयपछि बरिष्ठ लोक सर्जक दुर्गा रायमाझीको नयाँ सृजना “फर्क दाई फर्क” ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७५, मंगलवार

काठमाडौँ । बरिष्ठ लोक सर्जक दुर्गा रायमाझीको नयाँ सृजना “फर्क दाई फर्क” सार्वजनिक भएको छ । रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गितमा विदेश रहेका नेपालीलाई स्वदेशमै फर्कन आह्वान गरिएको छ । उहाँले गित मार्फत् विदेशमा रहेकाहरु फर्किएर स्वदेशमै केही गर्ने हो भने नेपाल नै जापान, अमेरिका, हङ्कङजस्तो बन्ने तर्फ प्रवासीहरुको ध्यानाकर्षण गराउनु भएको छ ।

विदेशमा बसेर नेपालबाट गुन्द्रुक ढिँडो मगाएर खाने भए विदेश किन जाने भन्ने प्रश्न गर्दै गितमा पैसाले मात्रै सुख नहुने अनुभूती प्रवासीहरुले गरेको आशय व्यक्त गरिएको छ ।

पुराना थुप्रै गितका सर्जक रायमाझीले अहिले झण्डै एक दशकपछि नयाँ गित सार्वजनिक गर्नु भएको हो । बटौलीमा निम्तो छ मलाई जानु पर्छ जोर मादल भिरेर, अचेल गाउमा यस्तै छ साननानी, भैसी पालेर जस्ता गितका सर्जक रायमाझी गित संगित क्षेत्रका अनुसन्धानकर्ता पनि हुनुहुन्छ ।

राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका पुर्व अध्यक्ष समेत रहनु भएका रायमाझी गित संगित तथा नाट्य प्रतिष्ठानका प्राज्ञ समेत हुनुहुन्छ ।

भिजन लुम्बीनीको संयोजनमा भएको विमोचन कार्यक्रममा भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेल, सर्जक रायमाझी, एनआरएनका सहकोषाध्यक्ष सोमप्रसाद सापकोटा, पत्रकार ऋषी धमलालगायतल यो गितले नेपाल र नेपालीको अहिलेको भावना र आवश्यकता बोलेको बताउनु भएको थियो ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु