विनिता र रेजिनाको सहकार्यमा फलैंचा संचालनमा

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७५, शनिबार

३० असार, काठमाडौं । पत्रकार विनिता मरहठ्ठा र व्यवसायी रेजिना भट्टराई मिलेर काठमाडौँको कालिकास्थानमा कार्यक्रम गर्ने हल फलैँचा स्पट संचालनमा ल्याएका छन् । ठूला बजेटका कार्यक्रमका लागि छ्यापछ्याप्ती सुविधासम्पन्न होटेल, हलहरु भएपनि साना बजेटका कार्यक्रम गर्ने ठाउँको अभाव खड्किरहेको समयमा फलैँचा स्पटले नयाँ मञ्च लिएर आएको हल संचालक विनिताले बताइन् ।

मध्यम वर्गका कार्यक्रमलाई लक्षित गरेर यो हल संचालन गरिएको जानकारी स्पटकी संचालक रेजिना भट्टराईले दिइन् । कुनै पनि किसिमको सभा, सेमिनार, पुस्तक तथा एल्बम विमोचन, तालिम, कार्यशाला लगायतका कार्यक्रममा आयोजकले प्याकेजमा सेवा लिन सक्नेछन् । उच्च गुणस्तरको साउन्ड सिस्टम र प्रोजेक्टर सहित मिडिया व्यवस्थापन, उद्घोषक, खाजा लगायत आवश्यकता अनुसारका सुविधा फलैँचाले उपलब्ध गराउने जानकारी संचालक विनिता मरहट्टाले दिइन् । कार्यक्रमको प्रकृति अनुसार थिएटर वा राउन्ड टेबल शैलीको हल व्यवस्थापनको सुविधा पनि रहेको छ । फलैंचामा फुड डेलिभरी कम्पनि फाइन्ड यु फुडले फलैँचामा खाना उपलब्ध गराउनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु