‘प्रेमको भिखारी’ मार्फत आए गायक गगन सरगम (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २८ आश्विन २०७५, आईतवार

काठमाडौं । गायक गगन सरगमले दसैंको अवसर पारेर आफ्नो नयाँ एकल गीति एल्बम ‘प्रेमको भिखारी’ सार्वजनिक गरेका छन् । आधुनिक शैलीका गीतहरुको उक्त एल्बमका सबै गीतमा संगीतकार निम संगीतले एकल संगीत दिएका छन् ।

 

एल्बममा पाँच वटा गीत समावेश छन् । प्रेमको भिखारी शीर्षकको शीर्ष गीत संगीतकार नीम संगीतले नै रचना गरेका हुन् । दोस्रो गीत ‘फूल झरेको सम्झ’ शीर्षकमा छ, जसका गीतकार नवराज घिमिरे हुन् । ‘तारिफ’ शीर्षकको एल्बमको तेस्रो गीतलाई लक्ष्मण पाण्डेले रचना गरेका हुन् । ‘तिमीले माया मारेपछि’ शीर्षकको गीतका रचनाकार घनश्याम गौतम हुन् । एल्बमको पा“चौं गीत ‘उनको यादमा’ शीर्षकमा छ, जसलाई संगीतकार निम संगीतले रचना गरेका हुन् ।

एल्बमका गीतहरुलाई निम संगीत, साहस शाक्य, फणिन्द्र राई, गोपाल रसाइली तथा विक्रम कार्कीले संगीत संयोजन गरेका छन् । अमर प्रेम म्युजिकले बजार व्यवस्थापन गरेको उक्त एल्बमका गीतहरु प्रिज्म रेकर्डिङ स्टुडियो, भिनस रेकर्डिङ स्टुडियो, पर्पल स्टुडियो तथा डोरेमीमा रेकर्ड गरिएका हुन् । एल्बमका गीतहरुलाई श्याम श्वेत रसाइलीले प्रि–मास्टरिङ गरेका हुन् ।

एल्बममा समावेश शीर्षकको गीतको वास्तविक म्युजिक भिडियो निर्माणाधिन अवस्थामा छ भने यसको लिरिकल भिडियो यूट्युबमा उपलब्ध छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु