‘चाँहिदो रैछ छोरीलाई आमा बरिलै’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७५, बुधबार

काठमाडौं – तीजको अवसर पारेर नयाँ नयाँ गीत सार्वजनिक भइरका बेला एउटा मौलिक तीज गीत ‘चाँहिदो रैछ छोरीलाई आमा बरिलै’ सार्वजनिक भएको छ ।

नेपाली लोक साङ्गीत क्षेत्रमा आफ्नो प्रभाव छोड्न सफल गायिका विमा कुमारी दुरा, लोकप्रियक गायिका शान्ती श्री परियार तथा धनकुमारी थापा र नरेश खाती क्षेत्रीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतलाई नरेशले नै लखेका हुन् । प्रकाश भट्टको निर्देशनमा सार्वजनिक भएको गीतको भिडियोमा किरण केसी ‘रातामकै’, दिपाशा वि।सी।, शर्मिला शर्मा, धनकुमारी थापा, रुपक मैनाली, नरेश खातीलगायतकाको अभिनय रहेको छ ।

राजेश घिमिरेले छायाँकन गरेको गीतको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु