मोडल तथा गायक मीराज कोइरालाको प्रेममा ‘धोकै धोका’ ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०७५, सोमबार

काठमाडौं । आफुले आँफैलाई भन्दा बढी माया गर्ने मान्छे अरुको अङ्गालोमा बदिएको भेट्नु भो भने कस्तो महसुस गर्नु हुन्छ? हो यस्तै बज्रपात घटेको छ कलाकार / मोडेल तथा गायक मीराज कोइरालालाई। त्रिकोणात्मक प्रेममा अधारित कथा, पुरै बुज्नको को लागि धोका नाम दिएको म्युजिक भिडियो हेर्नु पर्ने हुनेछ।

सिंगो फिल्मजस्तो लाग्ने यो दृश्य हालै मात्र आरसी कोइरालाको परिकल्पनामा गीतकार “क्षितिज” आर सि कोइरालाले लेखेको गीतको म्युजिक भिडियोको हो । स्वयम् आर सि कोइरालाले निर्देशन गरेको म्युजिक भिडियोलाई नारायण राज सत्यलले छायांकन गरेका छन्।

बाङ्लादेशी संगीतकार एम. ए. रहमानले संगीत भरेको माया थिएन थियो त्यो धोका बोलको गीतमा यस गीतका नायक मीराज कोइराला स्वयम्ले स्वर दिएका छन्। कलाकार / मोडेल तथा गायक मीराज कोइरालाको मुख्य भूमिका रहेको भिडियोमा कलाकार तथा मोडेल प्रमिला रिजाल र बिधान कोइरालाले अभिनय गरेका छन।
आर एस फिल्म्स मार्फत डिजिटल बजारमा प्रस्तुत म्युजिक भिडियोको सम्पूर्ण छायाँकन पोल्यान्ड र टर्की गरिएको थियो ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु