एलिसालाई देखेर सुशान्तलाई तनाव (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७५, आईतवार

२० साउन, काठमाडौं । पछिल्लो समयकी चर्चित एवं सुन्दर मोडल एलिसालाई देखेर सुशान्तलाई तनाव बढेको छ । एलिसाको रुप देखेर सुशान्त खत्रीको पनि मन बिग्रेको छ । समिर मोक्तानको स्वरमा ‘निरमाया’ बोलको गीतको भिडियो यतिखेर बजारमा चर्चा बटुल्ने क्रममा छ । सार्वजनिक गीतमा चर्चित डान्सर सुशान्त खत्री र मोडल तथा नायिका एलिसा राईको अभिनय रहेको छ । भिडियोमा सुशान्त एलिसाको मायामा परेका छन् ।

मायामा परेपछि यादले सताउने, एकोहोरो बनाउने, दिन बिताउन गाह्रो हुने जस्ता मायाका भावहरूलाई गीतमा उतारी सोहीअनुसार भिडियो निर्माण गरिएको छ ।

राजिव समरको निर्देशन रहेको भिडियोलाई सुशान्त खत्री र राजिव समरले छायाँङ्कन गरेका हुन । गीतमा डिपी खनालको शब्द, शंकर थापाको संगीत समावेश छ । शान्त खत्री भारतका चर्चित डान्स रियालिटि शोहरुमा भाग लिएर आएका टप प्रतिस्पर्धी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु