जिन्दगीबाट हार खाएका प्रेमिल जोडीको कथामा गायक वलीले पोखे वेदना (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार

काठमाडौं । गायक पवन वली लोकदोहोरीको क्षेत्रमा चर्चित नाम हो । शिक्षक पेशामा रहेर पनि एकपछि अर्को चर्चित गीत दिएर नेपाली सांगीतिक क्षेत्रमा इँटा थप्दै गरेका गायक वली अन्ततः अमेरिकातिर हानिएका थिए ।

पछिल्लो समय कलाकारको हव बन्दै गरेको अमेरिकामा गएर कम्प्युटर इन्जिनियरिङ पेशामा सरकारी जागिर खान पुगेका गायक वलीले कसैको जिन्दगीको वास्तविक कथाजस्तै गीत सार्वजनिक गरेका छन् ‘थाके धाउँदा धाउँदा’ । माया प्रेममा धोका खाएका प्रेमिल जोडीको कथासँग गायक वली पनि प्रस्तुत भएका छन् ।

लामो समय कमब्याक भएका गायक वलीले यसभन्दा १६ वटा बिभिन्न एल्बमहरु बजारमा ल्याइसकेका छन् । लोकप्रिय गायक वलीका बुटवल बसपार्क, गरिबको जिन्दगी, चौतारीमा हावा सरर, मनमा पीर बददै गाको छ, अक्षतामा दहि, खोलि झ¥यो गाई लगायतका गीत नेपाली लोकसंगीत प्रेमी स्रोताको माझ निकै कर्णप्रिय बनिसकेको छ ।

प्राय भन्ने गरिन्छ गीतकारको रचना प्राय आफ्नै जिन्दगीसँग मेल खाइरहेको हुन्छ । यहाँ पनि गीतकार, संगीतकारसमेत रहेका गायक पवन वलीको गीत पनि वास्तविकताजस्तै वेदना पोखेको देखिन्छ । गायक वलीका संघर्षभित्रका शब्दहरुलाई गीतमार्फत गायक वलीलाई गायिका पूर्णकला बिसीले साथ दिएकी छन् । सायद उनको जीवनमा यस्ता घटना नआएको भए पनि वेदनाले भरिएको यो गीतले धेरैको मन छुने विश्वास लिइएको छ ।
गीतको म्यूजिक भिडियोलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने महेन्द्र गौतम, दिनेश खड्का र सारिका केसीको अभिनय रहेको छ । राजेश घिमिरेको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । अडियो भिडियो विजय म्यूजिकको ब्यानरमा तयार गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु