राजीवको निर्देशनमा वीरेन्द्रको उत्ताउली र मीराको पुतलीझैं

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०७५, सोमबार

२२ साउन, काठमाडौं । पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा व्यस्त बनेका निर्देशक राजिब बलामिको निर्देशनमा वीरेन्द्र ढकालको तीज गीत ‘उत्ताउली’ र मिरा गिरीको पुतलीझैं गीत यतिखेर श्रीराज इन्टरटेनमेन्टबाट सार्वजनिक भएको छ।  जसलाई कृष्ण श्रेष्ठले खिचेका हुन् भने दिनसन शाहले सम्पादन गरेका छ्न् । यस गीतमा बिरेन्द्र ढकाल र एलिना खनालको आवाज, बिनोद ढकालको संगीत र वीरेन्द्र स्वयम्कै शब्द सिर्जना रहेको छ भने अन्जली अधिकारी र सुमन् खतिवडाको अभिनय रहेको छ ।

त्यसैगरी राजु ढकाल र मिरा गिरीको तीज गीत पुतलीझैंमा बलामीकै निर्देशनमा कृष्ण श्रेष्ठको छायाँकन, दिनसन शाहको सम्पादन रहेको छ भने राजु ढकाल र अन्जली अधिकारीको अभिनय रहेको छ । पुतलीझैं गीत रविन लामिछानेले लेखेका हुन् भने राजु ढकालले संगीतबद्ध गरेका छन् । मिरा गिरी र राजु ढकालको स्वर रहेको यस गीतको संगीत संयोजन भने डोलराज बाह्रघरेको रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु