सङ्गीत दिवसमा रामजीले सुसेलीबाट गीत गाए

म्यूजिक खबर
प्रकाशित: ११ असार २०७५, सोमबार

११ असार, काठमाडौं । अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसरमा फ्रान्सेली केन्द्रले राजधानीमा गरेको कार्यक्रममा गायक तथा सङ्गीतकार रामजी नेपालीले उपस्थित दर्शकरस्रोतालाई मन्त्रमुग्ध पारेका छन् ।

रामजीले आफ्नो प्रस्तुति सुसेलीबाट सुरु गरेका थिए । ‘सायद सुसेली प्रस्तुत गरिएको पहिलो औपचारिक कार्यक्रम हुनुपर्छ यो’, भन्दै रामजीले फूलको आखाँमा फूलै संसारबाट सुसेली सुरु गरेर उनले नेपाली लोक संस्कृतिका गीत सुसेलीबाटै प्रस्तुत गरेका थिए । सुसेलीबाटै हाँसेर बोलिदेऊ माया, झम्के गुलेली, सोध रामलाई र पानी खायो बाघैले प्रस्तुति दिएका थिए । मुर्चुङ्गाबाट रेशम फिरीरी धुन बजाउँदा उनलाई चन्द्र पाठकले साथ दिएका थिए । फ्रान्सको लोकगीत समेत प्रस्तुत गरेका रामजीले उनको चर्चित गीत ‘जवानीमा तानेको गाँजा’ प्रस्तुत गर्दा उपस्थित देशी तथा विदेशी दर्शकले नृत्यमार्फत उनलाई साथ दिएका थिए ।

फ्रान्सेली केन्द्र ललितपुरले गरेको कार्यक्रममा रामजी नेपाली (भिक्टोर हिगो स्कुल) सहित १४ टिमले भाग लिएका थिए । सन् १९८२मा फ्रान्सका संस्कृति मन्त्री ज्याक लाँ र सङ्गीतकर्मी मोरिस फुलुरिन्टोले औपचारिक घोषणा गरेको दिन जुन २१ लाई अन्तर्राष्ट्रिय सङ्गीत दिवसको रुपमा मनाउने गरिन्छ । यो अवसरमा राजधानीलगायत देशका अन्य ठाउँमा पनि गीत सङ्गीतकर्मीले विविध कार्यक्रम सहित यो दिवस मनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु