योजनाको ‘औंठी खसेछ’ मा सितेबा र चन्द्रमुखीको लुकीछुपी रोमान्स, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७५, आईतवार

गायिका योजना पुरीको गीत एल्बम ‘योजना’को दोस्रो गीत ‘औंठी खसेछ’ को भिडियो सार्वजनिक भएको छ।

गीतकार तथा संगीतकार विशाल राईको शब्द, संगीतमा रहेको पुरानो पुर्वेली लोकभाकालाई गायिका योजना पुरीले नयाँपनमा दिएकी छन्।

गीतको भिडियोलाई हास्य टेलिसिरियल ‘भद्रगोल’का काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका हुन् । गीतमा भद्रगोलका सीते बा र चन्द्रमुखीको रमाइलो प्रेमलाई प्रस्तुत गरिएको छ । भिडियोको प्रमुख फिचरिङमा करिश्मा ढकाल र बिकाश लामिछानेको रहेका छन् ।

सुमनसागरजंग केसीको कोरियोग्राफी रहेको गीतमा उदयराज पौडेलको संगीत संमयोजन र मिक्सिङ माष्टरिङ महेश्वर मान राजभण्डारीको रहेको छ। गीतको म्युजिक भिडियोलाई रुरेश राउतले सम्पादन गरेका हुन्।

हेरौँ भिडियोः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु