• ऋतिक र दिपीका एकसाथ

    म्यूजिक खबर
    प्रकाशित: ३० असार २०७२, बुधबार

    मुम्बई । धेरै चोटि ऋतिक रोशन र दिपीका पादुकोणको जोडिलाई फिल्ममा देख्न पाइने हल्ला चलेता पनि त्यसले मूर्तरुप लिएको थिएन । यशराजको नयाँ नाम घोषणा भैनसकेको फिल्ममा पहिलो पटक ऋतिक रोशन र दीपिका पादुकोण एकैसाथ अभिनय गर्ने भएका छन् । उक्त फिल्मको निर्माण धूम–३ का निर्देशक विजय कृष्णले गर्ने भएका छन ।

    deepika padukone._hritik

    तर यो धूम कै सिरिज भने नभएको भारतीय संचारमाध्यमले जनाएका छन् । ऋतिक रोशनले सो फिल्ममा अभियन गर्न पहिला नै राजी भएका थिए भने दीपिकाले पनि सो फिल्ममा काम गर्न मञ्जुर भएपछि ऋतिक र दीपिका एकैसाथ अभिनय गर्ने भएका हुन् ।
    फिल्मको प्रमोशनको बेला दीपिकाले ऋतिकसँग काम गर्ने इच्छा व्यक्त गरेकी थिइन् । तर अब केही समयभित्रै दुवै जना फिल्मको पर्दामा सँगै देखिने भएका छन् । फिल्ममा ऋतिक चोरको भूमिकामा देखिने भएका छन भने दीपिका स्टन्ट गर्दै देखिने छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु