• केटले गरिन् अचाक्ली

    म्यूजिक खबर
    प्रकाशित: १४ कार्तिक २०७०, बिहीबार

    बेलायती मोडल केट मोस अचाक्ली नै गर्छिन् । समुद्री किनारमा स्तन उदांगो पारेर वरिपरिका मानिसलाई आफ्नो देहको परख गर्न दिन उनी रत्तीभर संकोच मान्दिनन् । जमैकाको समुद्री किनारमा गत साता उनले यही तमासा गरिन् । रापिलो घामको ताप उनले सहन सकिनछन् क्यारे, एकएक गर्दै जम्मै लुगा फुकालिन् र नांगै पल्टिइन् बालुवामा ।
    ३९ वर्षीया केट फेसन जगतमा प्रवेश गरेको २० वर्ष पुगिसकेको छ । तैपनि, उनको शरीर अझै उत्तिकै आकर्षक छ । शरीर यतिविघ्न आकर्षक नहुँदो हो त कसले पो प्रदर्शन गथ्र्याे र ? त्यो पनि सार्वजनिक ठाउँमा । पानीमा डुबुल्की लगाउने बेलासम्म उनले कालो कस्ट्युम पहिरिएकी थिइन् । तर, किनारमा आएपछि उनले आफ्नो सुन्दर ज्यानलाई एउटा पेन्टीको जिम्मामा छाडिदिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु