• खरेलले दिए उप–संयोजकको उम्मेदवारी

    म्यूजिक खबर
    प्रकाशित: १४ आश्विन २०७२, बिहीबार

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन)को स्पेनको संस्थापक कोषाध्यक्षको पद सम्हाल्दै आएका दीपक खरेलले नजिकिँदै गरेको एनआरएन युरोपमा उप–संयोजकको उम्मेदवारी दिने भएका छन् । काभ्रेपलान्चोकको खरेलथोकमा वि.सं.२०३२ सालमा जन्मिएका खरेलले लामोसमयसम्म युरोपमा नेपालीहरुको गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । खरेलथोको प्राथमिक स्कूल गाउँबाट शिक्षाको कखरा सुरु गरेका खरेलले काठमाडौंमा हाइस्कुल अध्ययन गरी अध्ययन गर्दा गर्दै काठमाडौंमा बोर्डिङ स्कुलसमेत संचालन गर्न पुगे । जसमा ३३५ विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएका थिए । समाजमा राम्रो छवि बनाएका खरेलले म्यानेजमेन्टमा मास्टर डिग्री गरिसकपछि भने फरदर मास्टर डिग्री गर्न युरोप छिरेका थिए ।
    युरोपमा छिरेपछि उनले जसरी पनि नेपाल चिनाउनुपर्छ भन्ने उद्देश्यमा क्रियाशील रहे । कसरी विदेशीहरुलाई बढी मात्रामा नेपाल भित्र्याएर पर्यटन व्यवसायलाई माथि लैजान सकिन्छ भन्ने उद्देश्यसका साथ युरोपमा आफ्नो कार्य गर्दै आएका खरेलले स्पेनमा धेरै राम्रा काम गरेका छन् । २००३ मा स्पेनमा पहिलो नेपाली दशैं तिहार कार्यक्रम भव्य रुपमा सफल भएपछि नेपालको परिचय स्पेनिश समुदायमा परिचित गराउन सफल भएका थिए । फलस्वरुप नेपाल भ्रमण गर्नेहरुको संख्या दोबर बढ्यो । यसरी समाजसेवामा लाग्दै गरेका खरेलले आफु संस्थापक कोषाध्यक्ष भएर एनआरएन स्पेनको गठन २००७ मा गरे । स्पेनमा कसैलाई दुःख पर्दा होस् वा कोहि मर्दा होस् ज्यान दिएर सहयोग गर्ने खरेल स्पेनको नेपाली समाजमा धेरै लोकप्रिय व्यक्ति हुन् । एनआरएनमा खिचातानी हुन नहुने बताउने खरेलले आफु बाहिर बसेर भए पनि एनआरएन स्पेनलाई निर्विरोध बनाउन सहयोग गर्ने बताएका छन् ।

    dipak kharel-europ
    स्पेनमा रहेका नेपालीहरुले एनआरएनमा उनको अभाव महसुस गरि २०१३ मा निर्विरोध आइसीसी सदस्य चुनेको थियो । खरेल अहिले यूरोपमा चम्किला तराका रुपमा चिनिएका छन् । स्पेनमा २०१४ मा भएको एनआरएन यूरोपियन भेलामा उनले महत्वपूर्ण भूमिका खेली अहिलेसम्मकै ऐतिहासिक भेला बन्न पुगेको बताइन्छ । सिंगो नेपाललाई आपत पर्दा, खरेलको उदाहरणीय कदम रह्यो । नेपालमा भएको बाढी पीडित हुन् या भुकम्प पीडित उनको संयोजनमा स्पेनको सहयोग अग्रस्थानमा रह्यो ।
    कुशल नेतृत्व क्षमता भएका खरेल एनआरएनमा अझै सक्रिय हुनुपर्ने युरोपका नेपालीहरुको माग छ । नेपालको कला संस्कृतिको परिचय विदेशमा अझै प्रबद्र्धन गर्न, खाडीमा रहेका नेपालीहरुकै जस्तै समस्यामा परेका युरोपका नेपालीहरुलाई सहयोग पु¥याउनका लागि पनि खरेलको महत्वपूर्ण भूमिका रहने बताइन्छ । नेपाल भिजिटलाइ आकर्षण गराउन, नेपाल्ऽको सामुहिक पुनर्निमाणलाई बढी सहयोग जुटाउन, नेपालको आर्थिक उन्नतीका लागि सामूहिक लगानीलाइ भित्र्याउन र एन आरएन पैसावालाको मात्रै संस्था नभई कुसल नेतृत्व भएको महसुस गरी गैर आवासीय नेपालीहरुको साझा संगठन हो भनेर विश्वस्त दिलाउन २०१५ अक्टोेम्बर १७ मा हुने एनआरएन युरोपको उप–संयोजकको उम्मेदवारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु