• गोविन्दले भने तिमी फुल्दै जानु प्रिया

    म्यूजिक खबर
    प्रकाशित: १६ पुष २०७४, आईतवार

    १६ पुष, काठमाडौं । चर्चित संगीतकार एवं गायक गोविन्द मधुर आचार्यले भने तिमी फुल्दै जानु प्रिया । अब यो किन र कसरी भयो र कसका लागि भयो बुझ्न जरुरी देखिन्छ । गजलकार शशि शर्मा मजगैंयाको नयाँ गजलको भिडियो सार्वजनिक भएको छ । चर्चित सङ्गीतकार गोविन्द मधुर आचार्यको सङ्गीत र उनकै स्वरमा रहेको ‘तिमि फुल्दै जानू प्रिया म त अब झर्छु होला’ बोलको गजलको भिडियो आवाज इन्टरनेशनल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

    दाङका निर्देशक सौरभ वलीले कतारको भिभिन्न ठाउँहरुमा एक्सन कट गरेका छन् । राजेन्द्र कुमार थापाको छायांकनमा सल्यानका सरोज बोहरा, मोरङका भिम अधिकारी र दाङकी सपना वेल्वासेले अभिनय गरेका छन् । भिडियोमा कतारको दोहा लगायत विभिन्न रमणीय स्थानहरुको सुन्दर दृश्य कैद गर्दै धेरै मेहनतका साथ भिडियो बनाएको निर्देशक वलीले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु