• टेकेनले ल्याए मर्मश्पर्शी गीत-‘तिमीबाट’! हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २६ चैत्र २०७४, सोमबार

     चैत्र २६, काठमाण्डौ। आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकेन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमीबाट’ बोलको यस गीतमा शब्द तथा  संगीत  कमल खत्रीको  रहेको छ । 

    भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल सचिन अधिकारीको अभिनय छ । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । मोडल सचिनले यसै गीत मार्फत अभिनयमा डेब्यू गरेका हुन् ।

    गीतले प्रेमी-प्रेमिकाको अञ्जानको गल्तीले निम्त्याएको घटनाको बयान गरेको छ । गर्भवती बनेपछि खुशी बनेकी प्रेमिकाले प्रेमीलाई यो कुरा सुनाउँदा बेवास्ता गरेपछि प्रेमिकाले आत्महत्या गरेपछिको भावनात्मक पागलपनलाई गीतको भिडियोमा प्रस्तुत छ ।

    भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु