• डम्बरको ‘भाग्य लेख्ने भावी’मा टिना र विमल ! भिडियो हेर्नुहोस् !

    म्यूजिक खबर
    प्रकाशित: ६ चैत्र २०७४, मंगलवार
    चैत्र ६, काठमाडौं ।
    मालती डिजिटल प्रालीको प्रस्तुतिमा परदेशी भुमीमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा योग्दान पुयाउने डम्बर विश्वकर्माको लोकदोहोरी एल्बम  “भाग्य लेख्ने भावी ” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । गायक डम्वर विश्वकर्मा र गायिका पुर्णकला विसीको आवाज गीतमा रहेको छ ।
    माया प्रेममा आईपर्ने विछोडको चित्कारलाई गीतमा समावेश गरिएको छ । मायाको सपनामा भौतारिएर विछोडको अवस्थामा आइपर्ने युवायुवतीको जिवन कथा गीतमा रहेको छ । भाग्य लेख्ने भावीलाई दोष गायिकाले दिएकी छन ।
    युवा युवती विचको मायाको वार्तालापलाई निकै मार्मिक रुपमा ममता खत्री र टेकेन्द्र शाहले शव्द सिर्जना मार्फत गरेको छ। । ज्यादै मार्मिक गीतलाई रामु खड्काले लय सिर्जना गरेका छन । राजेश घिमिरले छायाँकन गरेको भिडियोलाई अमर शाक्य ले सम्पादन गरेका छन ।  टिना श्रेष्ठ र विमल अधिकारीको अभिनय रहेको सो गीतलाई कपिल लामाले निर्देशन गरेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु