• पुष्पनको ‘इन्दुरे मिन्दुरे’ सार्वजनिक ! रोजवेको निर्देशनमा ‘ठुल्दाजु’ गरियो प्रिमियर ! हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १४ फाल्गुन २०७४, सोमबार

    फागुन १३, काठमाडौं । आइतबार नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा गायक पुष्पन प्रधानको नयाँ गीति एल्बम ‘इन्दुरे मिन्दुरे’ सार्वजनिक भएको छ। विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको उक्त एल्बममा छवटा गीत समावेश छन्। छवटै गीतमा शब्द पुष्कर पराजुलीको रहेको छ भने संगीत पनि पराजुलीकै रहेको छ।

    एल्बम सार्वजनिक समारोहमा बोल्दै गीतकार तथा संगीतकार पराजुलीले देशका बेरोजगार युवाको निराशालाई आशावादी बन्न उत्प्रेरित गर्न आफूले गीत लेखेको बताए। उनले भने, ‘गीत लेख्नु मेरो रुचिको विषय हो, संगीत भर्नु मेरो कर्म हो।’ यी गीतहरू उच्चशिक्षा पढ्दाताका लेखेको उनले स्पष्ट पारे। कार्यक्रममा बोल्दै विन्ध्यवासिनी म्युजिक प्रालिका अध्यक्ष सुवास रेग्मीले यस गीतले हरेक नेपाली सम्मानजनक रूपमा बाँच्न पाउनुपर्छ भन्ने सन्देश दिने बताए। उनले भने, ुयस एल्बमभित्रका गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ तरंग ल्याउनेछन्।

    एल्बम “इन्दुरे मिन्दुरे” भित्र आठ बजे जान्छ , डम्पिंग ग्राउण्ड, झमझम रसिया , चिमुसी चि र इन्दुरे मिन्दुरे बोलको गीत समाबेश रहेको छ । डुवर्स चिलाउने चियाबारीमा १९८२ फरवरी २८ मा जन्मिएका गायक पुष्पन प्रधान, आमा निरकुमारी प्रधान , पत्नी निर्मिता प्रधान, छोरो स्वभ्यम प्रधान भित्रको एक सदस्य हुन् । उनको बुबा श्री देवकुमार प्राधन ,को भने निधन भैसकेको छ । उक्त बिमोचन कायक्रममा गीतकार तथा संगीतकार पुस्कर पराजुलीले एल्बमको नाम  “इन्दुरे मिन्दुरे” बारेमा पनि प्रस्ट्याएका थिए ।

    कार्यक्रममा पाँचवटा गीत गाएर पुष्पन प्रधानले उपस्थित सबैलाइ मन्त्रमुग्ध बनाएका थिए। ‘म गायकभन्दा पनि समाजको कथा भन्ने एक साधारण मानिस हुँ’, प्रधानले भने। बाँच्नका लागि जस्तोसुकै गीत गाउनुपर्ने बाध्यता रहे पनि आफूलाई फरक धारको गीत गाउन मनपर्ने उनले बताए। समाजको वास्तविक चरित्र देखाउन यी गीतहरू कोसेढुंगा सावित हुने उनको विश्वास छ। अहिले बजारमा चलेका गीतभन्दा आफ्ना गीत फरक रहेकाले श्रोताको माया पाउनेमा आफू ढुक्क रहेको प्रधानले बताए। उनले भने, सामान्य जीवन बाँच्नेको कथा कस्तो हुन्छरु उसले देशकाा लागि के गर्न सक्छरु यसको उत्तरका  लागि पनि यस एल्बमका गीत सुन्न जरुरी छ।’

    कार्यक्रममा ‘ठूल्दाजुु’ शीर्षकको गीतको भिडियो पनि देखाइएको थियो।यस गीतको म्युजिक भिडियोमा सफर पोख्रेलको अभिनय रहेको छ भने रोज्वे रेग्मीको निर्देशन रहेको छ । उनको यो उत्कृष्ट म्युजिक भिडियो निर्देशनको भूमिकाले पनि आउँदा दिनमा यस क्षेत्रमा उज्वल्ता देख्न सकिन्छ ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु