• फागुनमा नवौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

    म्यूजिक खबर
    प्रकाशित: २९ माघ २०७४, सोमबार

    २९ माघ, काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनमा नवौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला महोत्सव हुने भएको छ । पर्यटन कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मुल नाराका साथ मेला आयोजना गरिन लागिएको हो ।

    सोमवार काठमाडौमा पत्रकार सम्मेलन गर्दै एभरेष्ट नेपाल कल्चर ग्रुपले नवौ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १७ देखि २६ गते सम्म हुने जनाएको छ । नवौं महोत्सव काठमाडौसहित ललितपुर,गैडाकोट र पोखरामा समेत आयोजना गरिने बताइएको छ । नेपाली संस्कृति उत्थान सांस्कृतिक पर्यटन प्रवद्र्धन अभियानलाई लोक संस्कृति आदानप्रदान गर्न सांस्कृतिक पर्यटन प्रर्वद्धन गर्ने प्रमुख उद्धेश्य रहेको आयोजक संस्थाका अध्यक्ष आर.सी. कोइरालाले बताए । कोइरालाले सरकारले गर्नुपर्ने काम संस्थाले गर्दै आएको भए पनि सरकारी तबरबाट कुनै पनि सहयोग नमिलेको बताएका थिए ।

    महोत्सवमा नेपाल लगायत विश्वका ११ भन्दा बढि देशका संस्कृतिक समुहका ३ सय भन्दा बढि कलाकारहरुको प्रस्तुति रहने एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष कोईरालाले बताए । वि.सं २०५९ सालदेखि आयोजना हुँदै आएको यस महोत्सवको मुख्य उद्देश्य नेपाली सांस्कृतिक विविधतालाई विश्व सामु प्रस्तुत गर्ने रहेको छ ।

     

    प्रेस–बिज्ञप्ती

    “पर्यटक कलाकारको स्वागत संत्कार, नेपाली लोक सस्कृतिको आधार”

    नवौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७४

    एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशक अघि स्थापना भएको संस्था हो । स्थापनाकाल देखिनै यस संस्थाले नेपालको सांस्कृतीक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरीमा बढाउने कार्य गर्दै आईरहेको छ । केही दशक यता नेपालले आप्mनो लोक संस्कृतिलाई विश्व समुदायसामु उजागर गर्न थालेको भएतापनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रुपमा रहनसक्ने सम्भावना भएको नेपालको अनौठो सांस्कृितक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ । यस्तो स्थीतिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको जानकारी गराउन चाहन्छौँ ।

    नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरु रहदै आएको सर्वविदीतै छ । नेपाली संस्कृती प्रति स्वदेशी भन्दा विदेशी बढि आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिएला तर आफनो पहिचान र मैिलकता बोकेका संस्कृति प्रति स्वयं नेपाली उदाशिन हुनु दुःख लाग्दो पक्ष हो । त्यसमा पनि वर्तमान युवा पिढी आफ्नो मैिलकतालाई विर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवद्र्धनका निम्ती कार्य गर्नु यस संस्थाको प्रमुख उद्देश्य हो । यसको लागी यस संस्थाले “पर्यटक कलाकारको स्वागत संत्कार, नेपाली लोक सस्कृतिको आधार” भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला (1st International Folk Festival 2002) आयोजना गरेको थियो । त्यसपछि हरेक दुई दुई बर्षमा आयोजना गरी निरन्तरता दिदै यस संस्थाले २०७४ साल फाल्गुन १७ गते देखि फाल्गुन २६ गते सम्म नवौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला –२०७४ आयोजना गर्न गइरहेको छ ।

    प्रथम अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेला देखि आठौं अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेला सम्म आइपुग्दा करिब ६५ भन्दा बढि देशका ३५०० भन्दा बढि कलाकारहरुले आ–आफनो देशको मौलिकता झल्कने झांकी सहित बिविध लोक सांँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन । आजका दिनसम्म आईपुग्दा यस संस्थाले विश्वको ६५ भन्दा बढी मुलुकमा लोक सांस्कृतिक कार्यक्रम मार्फत नेपाली लोक संस्कृतीको पहिचान र प्रवद्र्धन गराउदै आएको छ ।

    नेपाली संस्कृित उत्थान तथा सांस्कृितक प्रर्यटन प्रवद्र्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको जानकारी गराउन चाहन्छौं । टेलिभिजनको पर्दामा मात्र यदाकदा विदेशि लोक संस्कृति हेर्दै आएका हामि नेपालीहरुले मेला अवधिभरी आफनै घरआँगनमा हामै्र नेपालको प्रस्तुति सहित विदेशी संस्कृतीलाई प्रत्यक्ष रुपमा नियाल्न पाउनेछन् । यसले नेपालको पर्यटन र संस्कृित प्रर्वदनको क्षेत्रमा महत्वपुर्ण भुमीका निर्वाह गर्ने विश्वास लिएकाछौं ।
    कुनै पनि मेला महोत्सव आयोजनाका निम्ति आर्थिक पाटोले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । राष्ट्रिय गरिमा बोकेका यस्ता कार्यक्रममा नेपाली संस्कृति को जगेर्ना गर्न गठित निकायहरुको नैतिक दायित्व हुनुपर्ने हाम्रो बुझाई रहेको छ । तर त्यस्ता कुनै निकायहरुको चाख लाग्दो सहयोग र सहभागीता नभएकाले यस संस्थाले स्थानिय आयोजकहरु र बिभिन्न प्रायोजकहरुको सहयोगबाटै हालसम्म आठवटा मेलाको सफलतापूर्वक आयोजना गर्दै आज हामी नवौं अन्तर्राष्ट्रिय लोक ंसाँस्कृतिक मेला २०७४ सफलता का साथ सम्पन्न गराउन गईरहेका छौ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगी सिद्ध हुने यस्ता कार्यक्रमा तपाईं पत्रकार साथिहरुको चाख लाग्दो र जुझारु संलग्नता भएमा आगामी दिनमा सम्बन्धित सरकारी निकायहरुको पक्कै पनि ध्यान केन्द्रित हुनेछ भन्ने विश्वास लिएका छौँ ।

    देशको चौथो अंगको रुपमा स्थापित पत्रकारिता जगतका भरपर्दा सम्बाहकका रुपमा परिचित सम्पूर्ण पत्रकार साथीहरुलाई मेला अवधिभर मेलाको समाचार सम्प्रेसण गरि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइदिनुहुन समेत आयोजक संस्था बिनम्रतापूर्वक अनुरोध गर्दछ ।

    यसपटकको महोत्सव काठमाण्डौं, ललितपुर, गैडाकोट र पोखरा जस्ता पर्यटकिय तथा ऐतिहासीक क्षेत्रमा गर्न गईरहेकोे जानकारी गराउन चाहन्छौ । ऐतिहासिक तथा बिश्व सम्पदा सुचिमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रा ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वद्र्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्नेछ ।

    यसबाट देशको विविध संस्कृती, पुरातत्वीक र अन्य पर्यटकिय स्थल को मात्र नभई सम्पूर्ण नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा राखिएको छ । इस्टोनिया, ग्रीस, इन्डोनेसीया, बङगलादेश, भारत, मलेसिया, कोस्टारीका, इटाली, इजरायल, टर्की र नेपाल सहित विश्वका ११ भन्दा बढी राष्ट्रबाट विभिन्न सांस्कृतिक समुहका ३०० भन्दा बढी कलाकारहरुले भाग लिने निश्चित भैसकेको व्यहोरा अवगत गराउन चाहान्छु । उक्त महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेष–भुषा लगाई सास्कृतीक झाकी गर्ने र आफ्नो लोक गीत, संगित र लोक नृत्य पस्तुत गर्ने जानकारी गराउन चाहन्छौ । काठमाण्डौ आसपासका बिद्यालयमा गई बिदेशी कलाकारहरुले आफ्ना सांस्कृतिक प्रस्तुत गर्ने र बिद्यालयका बिद्याथीहरुको समेत सांस्कृतिक प्रस्तुती गर्ने कार्यक्रम रहेको छ । यस किसिमको सांस्कृितक आदान प्रदानले बिद्यार्थीमा आप्mनो लोक संस्कृति प्रति अभिरुची बढ्ने विश्वास लिएका छौ ।

    अन्त्यमा, यस मेलाको तयारिका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने साथै सहकार्य गर्ने मिडीया एवं पत्रकार साथीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, स्थानिय आयोजक, स्वंय सेवक सदस्यहरु साथैे सम्पुर्ण शुभचिन्तकहरु प्रति एभरेष्ट नेपाल कल्चरल गु्रप हृदय देखि हार्दिक आभार व्यक्त गर्दछ ।

     

    नवौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला–२०७४
    आयोजक
    एभरेष्ट नेपाल कल्चरल ग्रुप

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु