• “फेस अफ मारवाडी”को पहिलो अडिसन समाप्त ! दोस्रो र तेस्रो अडिसन बिरगंज र बिराटनगरमा हुँदै !

    म्यूजिक खबर
    प्रकाशित: १३ फाल्गुन २०७४, आईतवार
    काठमाडौं । नेपालमा पहिलो पटक फेस अफ मारवाडी हुने भएको छ । काठमाडौं दरबारमार्गको मोतीमहलमा सम्पन्न भएको पहिलो अडिसनबाट १३ जना प्रतिस्पर्धीहरु छनौट भएको जानकारी पेजथ्री हट कल्चरकी प्रमुख रेखा मोदी मित्रुकाले जानकारी गराइन् ।
    यसै गरि यहि आउदो फेब्रुवरी २६ मा समेत दरबारमार्गमा अबस्थित मोतिमहल एंड लंग्समा मिसेस मारवाडीको लागि समेत अडिसन हुने भएको छ भने मार्चको पहिलोहप्तामा ‘फेस अफ मारवाडी’को तेस्रो अडिसन बिरगंजमा तथा बिरगंज पछि बिराटनगरमा हुने भएको छ ।
    यस प्रतियोगितामा छनौट भएका प्रतिस्प्रधीहरुले भबिष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले
    यस प्रतियोगिता गर्न लागिएको तथा पेजथ्री हट कल्चरलेमारवाडी समुदायका युवा युवतीको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र बिस्तार गर्ने उद्धेश्यका
    साथ मरवाडी समुदाय लक्षित सौन्दर्य प्रतियोगिता ‘फेस अफ मारवाडी’ आयोजनागर्ने भएको हो ।
    यस सौन्दर्य प्रतियोगिताको  कोरियोग्राफरमा पूर्व मिस नेपालसमेत रहेकी माल्भिका सुब्बा र उषा खड्कीले गर्ने भएका छन् ।
    यस सौन्दर्य पर्तियोगीतामा १६ देखि २८ वर्ष उमेर समूहका मारवाडी युवा युवतीले प्रतियोगिताका लागि आवेदन दिन सक्नेछन् । पेजथ्री हट कल्चरको कार्यलय नक्साल तथा सिटी सेन्टरबाट आवेदन फर्म उपलब्धहुने आयोजकले जनाएको छ । पहिलो चरणको अडिसन काठमाडौ, बाट सुरु भएर वीरगञ्ज, बिराटनगर,  बिर्तामोड लगायतका स्थानमा हुने आयोजकले जनाएको छ ।
    प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई मात्र सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतको प्रशिक्षण सहित
    अन्तिम प्रतिस्पर्धामा उतारिने पेजथ्रीहट कल्चरकी प्रमुख रेखा मोदी मित्रुकाले जानकारी दिइन् । प्रतियोगिताको अन्तिम प्रतिस्प्रर्धा आगामी ८ अप्रिलमा राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु