घोषणापत्रमा समाजमा हुने बालविवाह, अनमेल विवाह, छाउपडी तथा देउकीजस्ता प्रथा निर्मूल हुनुपर्ने र छोरीले पनि मृतक आमाबाबुको मलामी जान र काजक्रिया गर्न पाउनुपर्ने र मठमन्दिरमा पुजारी बस्न पाउनुपर्ने माग समेटिएको छ । त्यस्तै, एकल महिला, अपांगता भएका, दलित, मधेसी र आदिवासी, जनजातिलगायत पिछडिएका समुदायलाई सुविधा प्रदान गरी नीतिनिर्माण तहमा पु-याउनुपर्ने विषय घोषणापत्रमा समेटिएका छन् ।